
धादिङ साउन २३ । जिल्ला वार एसोसिएशन धादिङकाको अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनु भएको छ ।
शुक्रवार धादिङबेसीमा सम्पन्न भएको वारको १८ औं अधिबेशन तथा ३२ औं साधारण सभाले अधिकारीको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको चयन गरेको हो ।
अधिबेशनबाट कार्य समितिको उपाध्यक्षमा विनोदमान श्रेष्ठ, सचिवमा कुलमान विक, कोषाध्यक्षमा राधिका सापकोटा र सदस्यहरुमा गोविन्दराज श्रेष्ठ, विश्वराज अधिकारी, टंककुमार श्रेष्ठ, रामचन्द्र भट्ट र रामकृष्ण अधिकारी निर्वाचित हुनु भएको छ ।

यस अघिको कार्यसमितिमा रामकृष्ण अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
