धादिङमा कोरोना संक्रमितको संख्या १४० पुग्यो

Avatar photo
Dhadingpost
साउन २१, २०७७

धादिङ साउन २१ । धादिङमा बुधबार ३ जनालाई कोेरोना भाईरसको संक्रमण भए सँगै जिल्लामा संक्रमितको संख्या १४० पुगेको छ ।

आज कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउँपालिका–६ का १ जना र धादिङ घर भई ठेगाना नखुलेका २ जना रहेका छन् ।

धादिङको रुबीभ्याली भन्दा बाहेक १२ वटा स्थानीय तहमा कोरोना भाईरस संक्रमित भेटिई सकेका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ६६ जना, ज्वालामुखी गाउँपालिकामा ३० जना, त्रिपुरासुन्दरीमा २१ जना रहेका छन् ।

यस्तै सिद्धलेकमा ४ जना, नेत्रावती डब्जोङका २ पुरुष, बेनिघाट रोराङका २ जना, गल्छीमा ३ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा १, गजुरीमा ३ जना र खनियाबास गाउँपालिकामा ३ जना र ठेगाना नखुलेको २ गरी संक्रमितको संङ्ख्या १ सय ४० पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित मध्य १ सय ३० जना निको भएर घर फर्के सकेको छन् ।