
काठमाडौ साउन १८ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ ।
निगमले विज्ञप्ति जारी गरी दुबैमा प्रतिलिटर २ रुपैया बढाउँदै पेट्रोल १०४ रुपैयाँ र डिजेल ९० रुपैयाँ प्रतिलिटर बनाएको हो । निगमले मट्टीतेल, एलपी ग्याँस र हवाई इन्धनमा भने मूल्य यथावत राखेको छ ।
मूल्य वृद्धिका बाबजुद नेपाल र भारतको सीमामा पनि तेलको मूल्यमा भिन्नता कायमै छ । रक्सौलमा पेट्रोल प्रति लिटर १३३.५८ नेपाली रुपैयाँ छ भने वीरगञ्जमा १०२.५० रुपैयाँ पुगेको छ । डिजेलको मुल्य रक्सौलमा १२४.४७ र वीरगञ्जमा ८८.५० छ । रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल ३१.०८ र डिजेल ३५.९७ रुपैयाँले सस्तो छ । यसकारण नेपालबाट भारततर्फ तेलको तस्करी समस्या बनेको छ ।
