
धादिङबेसी साउन १६ । धादिङ जिल्लामा साउन १७ गते (शनीबार) दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा धादिङ सूचना जारी गर्दै शनिबार बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म धादिङमा विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणको सूचना अनुसार नुवाकोटको रातमाटेमा ३३ के. भी. प्रसारण लाईनका पोलहरु सार्ने काम हुने भएकोले धादिङबेसी, जहरे, सल्यानटारसव स्टेशनबाट वितरण हुने विद्युत सेवा पूर्ण रुपमा बन्द हुनेछ ।
तोकीएको काम चाडै सकिए वा मोषमकाकारण पोल बदलीको कार्य हुन नसके विद्युत सेवा तोकीएको समय अगावै सूचारु हुने सकेत सूचनामा जनाईएको छ ।

