धादिङका रमेश सिलवाल पुन: राखेपकाे सदस्य सचिवमा चयन

Avatar photo
Dhadingpost
साउन १२, २०७७

धादिङ साउन १२ । धादिङ मलेखुका रमेश कुमार सिलवाल मन्त्रीपरिषदकाे निर्णयबाट पुन राष्ट्रिय खेलकुद विकास समितिकाे सदस्य सचिवमा चयन भएका छन् ।

२७ जनाकाे निवेदनबाट ३ जनाकाे नाम मन्त्रीपरिषदमा पठाईए सँगै बैठकले धादिङका सिलवाललाई पुन सदस्य सचिवमा चयन गरेकाे हाे ।

यसअघि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ नयाँ ऐन लागु भएसँगै रमेशकुमार सिलवाल लगायत राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी र सदस्य पदमुक्त भएका थिए ।

त्यसपछि नेपालको इतिहासमा पहिलो पटक युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि दरखास्त आव्हान गरेकाे थियाे ।