
धादिङ साउन १२ । अध्ययनको सिलसिलामा साईप्रस रहेकी धार्के निवासी रेणुका कोईरालाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।
धादिङ धुनीबेसी नगरपालिका ४ धार्के घर भएकी काेईरालाकाे २५ जुलाइ २०२०, राति करिब १ देखि २ बजे काम गरेर अफिस बाट कोठा तिर फर्कने क्रममा मोटर साइकल दुर्घटनामा परी मृत्युु भएकाे हाे ।
माेटर साईकल चालक भने प्रहरी नियन्त्रणमा छन् । मृतक काेईरालाकाे साथमा मोबाईल, आइडी कार्ड, निलो रंगको
झोला, पैसा ७० यूरो रहेको र घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

