नीलकण्ठ नगरपालिका देशभरी कै उत्कृष्ट घोषणा

Avatar photo
Dhadingpost
साउन १२, २०७७

धादिङ साउन १२ । धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरि कै नगरपालिका मध्ये उत्कृष्ट भएको घोषणा गरिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा भएको काम कारबाहीको आधारमा स्थानीय, पर्यटन लगायतका मन्त्रालयका सहसचिव सहित विज्ञटोलीले गरेको मुल्याङ्कनको आधारमा २ सय ९३ नगरपालिका मध्य नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको हो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानालाई विज्ञ समुहले बधाई दिँदै आईतबार धुलिखेलमा सम्मान गरेको थियो ।

कार्यक्रममा विकास निमार्णको काम, शुसासन, पारदर्शीता, सुचनाको हक, वातावरणीय पक्ष लगायतको कामलाई सुक्ष्म अध्ययन गरि विभिन्न सूचाङ्कको आधारमा नीलकण्ठ देशभरिकै नगरपालिका मध्य उत्कृष्ट भएको बताईएको थियो ।

के नयाँ गर्न भयो र दश कै उत्कृष्ट भयो नी भन्ने धादिङपोष्टको प्रश्नमा नगर प्रमुख भिम ढुङुगाना भन्छन्, के गर्यो भने भन्नु भन्दा नीलकण्ठले अवलम्बन गरेको पारदर्शिता, सूचना र प्रविधिको नयाँ प्रयोग, विकासका नयाँ मोडलहरु अन्य नगरपालिकाहरुले समेत अबलम्बन गर्न सुरु गरेको हेर्दा हुने बताए ।

हामी जापानको इसुहारा नगरपालिकका सँग मिलेर विकासका नयाँ मोडलहरु लागु गरि रहरेका छौं । हाम्रा हरेक काम पारदर्शि छ, यहि कारणले धादिङको नीलकण्ठ उत्कृष्ट हुनुभनेको गौरवको कुरा भएको ढुङ्गानाले बताए ।