
धादिङ साउन ११ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङको नयाँबस्तिमा रुखमा अड्किएको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले उक्त रुखमा अड्किएको अवस्थामा फेला परेको शव सिद्धलेक १ का रेशम बहादुर सिलवालको भएको खुलेको जानकारी दिए ।
साउन ८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका सिलवालको शव रुखमा अड्किएको अवस्थामा शनिबार बेलुका फेला परेको हो घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले बताए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ ।
