
धादिङ सउन १० । धादिङको गजुरी गाउँपालिकाले मलेखु बजारमा ११ लाख ५० हजार खर्च गरेर माछाको प्रतिमा बनाएको छ । गजुरी गाउँपालिकाले साँढे छ लाखमा माछाको प्रतिमा खरिद गरी पिल्लर टायल र अन्य श्रम ज्याल गरि ११ लाख ५० हजारमा शालिक बनाएको स्थानीय रामहरि थापाले धादिङपोष्टलाई बताए ।
ललितपुरका कालीगढ बाबुराजा महर्जजन र उनका छोरा अनिशको कलाकौशलबाट निर्मत निर्जिव ढलौटको उक्त माछाको प्रतिमा शनिबार एक कार्यक्रमका बीच गाउँपालिकाका प्रमुख राजेन्द्र विक्रम बस्नेतले अनावरण गरेका छन् । कार्यक्रममा मलेखुको माछा भनेर प्रसिद्ध यस ठाउँलाई माछा कै रुपमा चिन्न र चिनाउन शालिकले थप सहयोग गर्ने गाउँपालिका अध्यक्ष बस्नेतले बताएका छन् ।
उक्त शालिक अनावरण कार्यक्रममा गाउँपालिकाले मलेखुमा सबै भन्दा पहिलो माछा व्यापार गर्ने र सबै भन्दा पहिलो माछाको परिकार बेच्न बेच्ने होटल व्यवसायीलाई समेत सम्मान गरेको थियो ।

को थिए ? सबै भन्दा पहिला मलेखुमका माछा व्यापार गर्ने र होटल खोल्ने
मलेखुमा छविलाल मरहठ्ठाले २०३५ सालबाट माछाको व्यावसाय शुरु गेरको पाइएको छ । मरहठ्ठाले मलेखुमा आधा केजी माछा र १ केजी आलुको चप पाकाएर आफ्नो व्यवसाय सुरु गरेका थिए । यस्तै मलेखुमा सबै भन्दा पहिलो होटल खोल्ने एकराज सेढाई थिए ।
फोटोः निमर्ल नारायण
