
धादिङ साउन ९ । धादिङ र चितवन जोड्ने पृथ्वी राजमार्गको मौवाखोला पुल मर्मत जारी छ । ग्याविन जालिभरी ४ दिन देखि अवरुद्ध यस पुलबाट मोटर साईकल साना गाडी चल्न सुरुभएको छ ।
हाइवेस्पोर्ट क्लवका अध्यक्ष विनोद शाहका अनुसार भत्किएको ठाउमा ग्याबिन भरेपछी मोटरसाईकल आवतजावत सुरु भएको हो ।
बेलुकासम्म पानी नपरेमा साना गाडिहरु आवतजावत गर्न सक्नेछन् भने ठुला सवारीसाधन पास हुनको लागी अझै केही दिन लाग्नेछ ।
जिल्ला प्रहरी कार्यालय धादिङले पनि आफ्नो धादिङकारीक फेसबुक पेजमा सुचना राख्दै अबिरल बर्षाको कारण बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मौवाखोला स्थित पृथ्वी लोकमार्ग जोड्ने पुल छेउको सडक खण्ड खोलाले कटान गरी अवरुद्ध भएकोमा आजबाट मोटरसाइकल चारपाङ्ग्रे सवारी साधनहरु सुचारु भएको जनाएको छ ।

ठाउँ ठाउँमा पहिरो जाने क्रम नरोकिएकोले पृथ्वी लोकमार्ग भई यात्रा गर्नुहुने सबैलाई हतार नगरी सिमित गतिमा बिस्तारै सवारी साधन हाक्न हुनका साथै ओभरटेक नगरी संयमित र चनाखो भई यात्रा यात्रा गर्न समेत धादिङ प्रहरीले अनुरोध गरेको छ ।
