धादिङको तारुखर्कमा बदेंल आतंक, १५ रोपनी जग्गाको मकै सखाप

Avatar photo
Dhadingpost
साउन ८, २०७७

धादिङ साउन ८ । धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ स्थित तारुखर्कमा १५ रोपनी भन्दा बढी जग्गामा लगाईएको मकैबाली बदेंलले सखाप बनाई दिएको छ ।

तारुखर्कका स्थानीय गोकर्ण सिंखडाको मात्र ७ रोपनी जग्गामा लगाएको मकैबाली दिनभर बाँदर र रातभर बदेंलले सखाप बनाई दिएको छ ।

यस्तै तारुखर्कका मायाँदेवि पोखरेल, दिपक पोखरेल, मेघराज पोखरेल, राजकुमार श्रेष्ठ, हरि कुमार श्रेष्ठ लगायत १५ घरको १० रोपनी भन्दा बढी जग्गामा लगाईएको मकैबाली बदेंल र बाँदरले नष्ट गरेको सिंखडाले धादिङपोष्टलाई बताए ।

कृषि ज्ञान केन्द्र धादिङमा जानकारी गराइयो, कृषि जोन र वडा कार्यलयमा समेत जानकारी दिँदा कहि कतैबाट चासो व्यक्त नगरिएको र रोकथामका उपायहरुमा सहयोग समते नगरेको स्थानीय किसानहरुले गुनासो गरेका छन् ।