मलेखुको पहिरोमा परि निरुता परियारको मृत्यू

Avatar photo
Dhadingpost
साउन ५, २०७७

धादिङ साउन ५ । धादिङको गजुरी गाउँपालिका २ मलेखुमा गएको पहिरोमा परि एक १७ वषिय एक बालिकाको मृत्यू भएको छ ।

आज दिउँसो साढें बाह्र बजे गएको पहिरोमा परि १७ वर्षिय निरुता परियारलाई पहिरोले पुरेको थियो । उद्दारको क्रममा चार बजे प्रहरीले निरुताको शव फेला पारेको हो । उक्त पहिरोमा परि देपेन्द्र चौधरी सस्त घाईते भएका छन ।

अविरल वर्षाका कारण धादिङका विभिन्न ठाउँहरुमा क्षेति पुर्याएको छ । जसमा गजुरी गाउँपालिकाको भवनलाई क्षेति पुर्याएको छ, बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको छ ।

यस्तै मौवाखोलाले तीन घर बगाएको छ भने सँगै चितवन जोड्ने पुललाई समेत जोखिममा पारेको छ ।