बेनीघाट रोराङमा ४ वटा गाडी पुरियो, ३ वटालाई त्रिशुलीले बगायो

Avatar photo
Dhadingpost
साउन ५, २०७७

धादिङ साउन ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएको छ भने ३ वटा गाडीलाई त्रिशूली नदीले बगाएको छ ।

बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको प्रहरीले जनाएको हो ।

पहिरोले एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ भने २ वटा डिआई गाडी र एउटा मिनी ट्रक पहिरोले बगाउँदी त्रिशुली नदीले बगाएको थियो । यहाँ कुनै पनि मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ ।

मलेखुमा भने पहिरोमा परि परि एक जना वेपत्ता भएकोले प्रहरीले उद्दार कार्यलाई निरन्तरता दिई रहेको छ ।