ब्याडमिन्टनमा एसियाका उकृष्ट जुनियर बने प्रिन्स दाहाल

Avatar photo
Dhadingpost
साउन ३, २०७७

काठमाडौं साउन ३ । एसिया ब्याडमिन्टनले प्रिन्स दाहाल नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको छ ।

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा रहेका उनलाई ब्याडमिन्टन एसियाले एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो ।

प्रिन्सले युएईमा हुँदै आएको दुबई जुनियर इन्टरनेसनल च्याम्पियनसिपमा दुई फरक उमेर समूहमा उपाधि जितिसकेका छन् । उनले नेपालमा र विदेशमा गरी दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन् ।

ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्ने क्रममा यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको छ ।