मन्त्री युवराज दुलालद्वारा बेनीघाट स्वास्थ्य चौकी अनुगमन

Avatar photo
Dhadingpost
साउन ३, २०७७

धादिङ साउन ३ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवाराज दुलाल धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट स्वास्थ्य चौकी अनुगमन गरेका छन् ।

निरिक्षणको क्रममा मन्त्री दुलालले शुक्रबार स्वास्थ्य चौकीको भौतिक पूर्वधार अवस्था, उपकरण, स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीको दरबन्दी पुरारहे नरहेको विषयमा जानकारी लिएका थिए ।

प्रदेशबाट प्रदान गर्न सकिने सहयोगको लागि आफु तयार रहेको बताउँदै सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन स्वास्थ्य कर्मी तथा जनप्रतिनीधिहरुलाई मन्त्री दुलालले अग्रह गरेका थिए, बेनीघाटबाट दिपेश कडेलले बताए ।

बेनीघाट रोराङ स्वास्थ्य चौकीले पूर्व प्रशुती सेवा, उत्तर प्रशुती सेवा, पोषण सेवा, खोप सेवा, स्वास्थ्य शिक्षा सेवा, परिवार नियोजन सेवा, प्रशुती सेवा, नियमित चेकजाँच, औषधी वितरण जस्ता सेवाहरु गर्दै आई रहेको छ ।