धादिङबेसीको कजवेबाटै थोपल खोलाले बगायो, नयाँ जिवन पाएँ -विरेन्द्र

Avatar photo
Dhadingpost
साउन २, २०७७

धादिङबेसी साउन २ । धादिङबेसी बसपार्कमा रहेको उत्तरी धादिङ जोड्ने वैकल्पिक पुल ‘कजवे’ बाट विरेन्द्र जयसवाललाई शुक्रबार बिहान ८ः३० बजे बगायो ।

मोटर साइकलमा डुलेर माछा व्यापार गर्ने २० वर्षका विरेन्द्र साङ्कोसबाट माछा बोकेर धादिङबेसी आउँदै थिए, वैकल्पिक पुल ‘कजवे’ माथि थोरै मात्र पानी थियो जव कजवे प्रवेस गरे तव आएको पानीले मुस्लोले उनी र मोटरसाइकल समेत बगायो ।

कजवे भन्दा ५० मिटर तल उत्रिएका विरेन्द्रले भने, पौडी खेल्न जानेकोले बाँचे कजवेको छालमा पर्दा अव मरियो भन्ने लागेको थियो तर बाँचे र नयाँ जीवन पाएँ । मोटर साईकल भने कजवेको तल अड्किएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।

०५८ सालमा जिल्ला विकास समितिले ३४ लाखको लागतमा बनाई दिएको यो कजवेबाट प्रत्येक वर्ष थोपल खोलाले मान्छे बगाउँदै आएको छ । सदरमुकामका पुराना संरचना बदलि सक्यो । अन्यत्र आवश्यकै नभएका ठाउँहरुमा करोडौको वजेटले पक्की पुलहरु केहि बनी सके केहि टेण्डरको प्रक्रियामा छ तर यस कजवेको विकल्पमा कसैले चिन्ता नलिएको पुछारबजारबासीको आक्रोस छ ।

पुरै उत्तरी धादिङ जाने सडक जोड्ने यस कजवे हटाएर पक्की पुल वनाउन धादिङबेसी पुछारबजार बासीले आग्रह गरेको वर्षौ भैसक्यो तर तीनै तहमा प्रतिनीधित्व गर्ने जनप्रतिनीधिहरु सु्न्दै नसुनेको स्थाीयहरु बताउँछन् ।