
काठमाडौं साउन २ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । बिहीबार राति भएको ९ खेलमध्य रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित उपाधी जितेको हो ।
रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमायो भने प्रतिस्पर्धी वार्सिलोना भने स्तब्ध बन्न पुग्यो । बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २-१ ले पराजित बन्यो ।
यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ । समग्रमा रियलको यो ३४ औं ला लिगा उपाधि हो ।
बिहिबार राति भएको खेलको नतिजा यस्तो छ
एथ्लेटिक बिल्बाओ ०-२ लेगानेस
बार्सिलोना १-२ ओसासुना
सेल्टा भिगो २-३ लेभान्ते
गेटाफे ०-२ एटलेटिको म्याड्रिड
मालोर्का १-३ ग्रानडा
रियल बेटिस १-२ अलाभेस
रियल म्याड्रिड २-१ भिल्लारियल
रियल सोसीडाड ०-० सेभिल्ला
भ्यालेन्सिया १-० एस्पान्योल
