बेनीघाट रोराङमा झोलुङगे पुलबाट हामफालेर एक युवती त्रिशुलीमा वेपत्ता

Avatar photo
Dhadingpost
साउन २, २०७७

धादिङ साउन २ । धादिङको बेनीघाट रोराङ गाउँपालिका -९ निवासी एक युवती बिहिबार साँझ झोलुङगे पुलबाट हामफाल्दा त्रिशुली नदीमा वेपत्ता भएकी छिन् ।

बेनिघाट रोराङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने झोलुङगे पुलबाट हामफालेर अन्दाजी -१९ वर्षिय अजिता मल्ल त्रिशुली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको हो ।

साँझमा घटना घटेकोले खोजीकार्य कठिन भएको र शुक्रबार पुन: खोजी कार्यलाई निरन्तरता दिने प्रहरीले जनाएको छ । ति युवती के कारणले त्रिशुलीमा हामफालिन् भन्ने जानकारी हुन सकेको छैन । फाईल फोटो