भोटेकोशी गाउँपालिकामा पहिरोले दुई घर पुरिए, ५ बेपत्ता

Avatar photo
Dhadingpost
साउन १, २०७७


काठमाडौं साउन १ । बागमती प्रदेश अन्तरगत पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

बुधबार राती अन्दाजी साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ ।

यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् । बाढीले क्षति पुर्याएर अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुलेको छैन ।