धादिङमा ३६ वटा रक्तदान कार्यक्रम, २,३२० पिन्ट रगत संकलन

Avatar photo
Dhadingpost
असार ३१, २०७७

धादिङ असार ३१ । धादिङ जिल्लामा गत साउन देखि असार ३१ गते सम्ममा जिल्लाका ३६ वटा संस्थाहरुले विभिन्न समय र स्थानमा रक्तदान कार्यक्रम गरेका थिए ।

उक्त ३६ वटा संस्थाद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रमहरुमा २ हजार ३२० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र धादिङले जनाएको छ ।

जसमा धादिङ सोसियल भोलिन्टियर नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ महिला र १४१ पुरुष गरि १९२ जनाले रक्तदान गरेका थिए । यो वर्ष सबैभन्दा बढी रक्त संकलन भएको कार्यक्रम यहि हो ।

सबै भन्दा कममा पारिवारीक रक्तदान कार्यक्रम अन्तरगत नागाजी सदनमा भएको थियो । यो परिवारका ८ महिला र ३ पुरुष गरी ११ जनाले रक्तदान गरेका थिए ।

विवरण तालिका