राखेपबाट धादिङका चार खेल मैदानलाई वजेट, के भयो काम ? (गाडी रिजर्भ गरि अनुगमन, दौडाहा)

Avatar photo
Dhadingpost
असार ३१, २०७७

धादिङ असार ३१ । राष्ट्रिय खेलकुद परिषदले धादिङ जिल्लाका चार वटा खेल मैदान तथा कभर्डहल निमार्णको गर्न को लागि ०७६/७७ मा ९० लाख वजेट विनियोजन गरेको थियो ।

जिल्ला खेलकुद विकास समितिद्वारा अनुगमन र भुक्तानीका लागि सिफारिस गर्ने राष्ट्रिय खेलकुद परिषदले धादिङमा चारवटा योजनाहरुमा काम गरेपनि खेलकुद विकास समिति धादिङलाई भने ३ वटा योजनाको विषयमा मात्र जानकारी रहेको कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार राखेपको परिपत्र अनुसार ज्वालमुखि गाउँपालिका स्थित चैनपुर धारापानीको खेल मैदान, गंगाजमुना गाउँपालिका बसेरी, डाँडागाउँ खेल मैदान र बेनीघाट रोराङ मलेखुको कभर्डहल निर्माणको मात्र जिल्ला खेलकुद विकास समितिलाई जानकारी छ ।

राखेपको बजेट र जिल्ला खेलकुद विकास समितिको मातहतमा उपभोक्त समिति मार्फत काम भएका यी योजनाहरुमा धारापनीको खेल मैदान सुधार गर्न १० लाख, बसेरी डाँडा गाउँ खेल मैदान संरक्षणको लागि ग्याविन जाली लगाउन १० लाख र बेनीघाट रोराङ स्थित मलेखुमा निर्माणाधिन कभर्ड हलको निर्माणको लागि २० लाख वजेट परेको हो ।

जिल्ला खेलकुदलाई थाहा छैन राखेपको ५० लाखको योजना

धादिङ कै बेनिघाट रोराङको बाहुन डाँडामा ०७६/७७ का लागि राखेपले ५० लाख खर्च गरेर क्रिकेट रंगशाला निमार्णको काम सुरु गरेको विषयमा भने जिल्ला खेलकुद समितिलाई थाहा नभएको कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ बताउँछन् ।

प्रदेश मातहतका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहित राखेपको मातहतका रहेको खेलकुद समिति धादिङका कर्मचारी सदस्यहरु गाडी रिजर्भ नै गरी उक्त खेल मैदान अनुगमनका लागि पुगेका थिए । अनुगमनमा जाने अनि थाहा नभएको भन्न पाइन्छ भन्ने हाम्रो जिज्ञासामा कार्यलय प्रमुख श्रेष्ठ भन्छन्, हामीलाई त्यो खेल मैदान निमार्ण बारे राखेपले परिपत्र गरेको छैन त्यसैलै हामीलाई जानकारी हुन्न ।

गाडी रिजर्भ गरेर खेल मैदान अवलोकनमा दौडाह

यस आर्थिक वर्षको समाप्तीको संघारमा प्रदेश मातहतको खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ सहित सदस्यहरु र राखेप मातहतका धादिङ खेलकुदका कर्मचारीहरु केहि साता देखि गाडी रिजर्भ गरि खेलमैदान अवलोकनको दौडाहा देखिए ।

बजेटको हिसावले कार्यालय संचालनमा समेत कठिन रहँदा यी दुबै खेल कुद विकास समितिका धादिङबेसी स्थित शान्तबजारमा रहेको एउटै अफिसबाट संचालन भै रहेका छन् ।

कार्यालय संचालनमा समेत वजेट नहुँदा इन्टरनेटको लाईन काटिएको दुई वर्ष पुगि सकेको यस कार्यालयका पधाधिकारी र कर्मचारीहरु कस्को पैसामा खेल मैदान अवलोकनको लागि दौडाहामा रहे ? खेलाडीहरुले प्रश्न गर्न थालेका छन् ।

यातायात र खानपीन उपभोक्ता समितिले व्यहोरेको छ अध्यक्ष तामाङ

जिल्लामा संघ, प्रदेश र संसद विकास कोषबाट बनेका खेल मैदानहरु अनुगमनमा जाँदा गाडी प्रयोग गरिएको साँचो हो । कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठको स्वास्थ्यमा समस्या रहेकोले र सबै साथीहरु जानु पर्ने भएकोले गाडी प्रयोग गरिएको अध्यक्ष प्रतापसिंह तामाङ बताउँछन् ।

आर्थिक अभावमा निमार्ण हुन नसकेका खेल मैदानहरुलाई कनिका छरे जस्तो थोरै-थोरै वजेट परेको छ, त्यसमा पनि खेलकुद विकास समितिले उपभोक्ता समितिलाई आर्थिक बोझ पर्ने गरि अनुगमनको नाममा गाडी रिजर्भ गरेर हिड्न सान्दर्भिक नभएको जिल्ला खेलकुद विकास समितिका एक पूर्व अध्यक्ष बताउँछन् ।

ति, अध्यक्षका अनुसार अनुगमनका जाने कर्मचारी वा सदस्यहरुले प्रति दिन, प्रति व्यक्ति २५ सय भत्ता पनि पाउने भन्ने सुनिएको छ,. त्यो कुन स्रोतबाट कस्ले दिने हो त्यो खेलकुद सँग सोधिने समेत बताए ।

x