बेनीघाट रोराङमा पहिरोले घर पुरिएपछि रेडक्रसको सहयोग

Avatar photo
Dhadingpost
असार २८, २०७७

धादिङ असार २८ । धादिङको बेनीघाट रोराङको वडा नम्बर ७ स्थित दुई घरलाई पहिरोले क्षेति पुर्याएपछि रेडक्रसले आपतकालिन सहयोग गरेको छ ।

बेनीघाट रोराङ ७ पधेरो गैरा घर भएका राम प्रसाद कडेल र टोप बहादुर न्यौपानेको दुई घर पहिरो पुरिएपछि जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिनाको नेतृत्वमा गएको टोलीले फेमिली टेण्ट, त्रिपाल, लत्ताकपडा, ओडने ओछ्याउने, भाडा, लगाएतका राहात सामग्री सहयोग गरेको हो ।

मानविय क्षेति हुनबाट जोगिएको उक्त पहिरोले दुबै घरको लत्ता कपडा भाडा कुडा लगाएत धनमाल नस्ट नस्ट गरेको धादिङ रेडक्रसका सभापति तिमल्सिनाले धादिङपोष्टलाई बताए ।