शिर्षक नलेखी जरिवाना रसिद काट्दा सम्बन्धित पक्षलाई जिस्क्यायो -छत्कुली

Avatar photo
Dhadingpost
असार २७, २०७७

धादिङ असार २७ । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले धादिङ प्रहरीले माक्स नलाउने नागकिहरु सँग शिर्षक नलेखी जरिवाना रसिद काट्दा सम्बन्धित पक्षलाई जिस्क्याएको बताएका छन् ।

धादिङमा मास्क अनिवार्य, नत्र जरिवाना तर बीलमा शिर्षक लेखिँदैन भन्ने शिर्षकको समाचार धादिङपोष्टमा प्रकाशित भए सँगै अध्यक्ष छत्कुलीले उक्त अनलाइनले प्रकाशित गरेको रसिद सहित आफ्नो फोटो सहित फेसबुकमा पोष्ट गर्दै शिर्षक नलेखी जरिवाना रसिद काट्दा सम्बन्ति पक्षलाई जिस्क्याएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन,- सबारी साधनमा गुडने नागरीकहरूसग माक्स प्रयोग नगर्ने भन्दै शिर्षक नलेखी जरिवाना रसिद काटेको देखियो । यो विषम परिभेषमा प्रहरी मेरो साथी र जनमुखी प्रशासन भन्ने नाराले सम्बन्धित पक्षलाई जिस्क्याएको जस्तो लाग्यो । अर्को अर्थ नलगाईयोस म प्रहरीलाई १००० माक्स उपलब्ध गराउछु सडकमा चेक जाँच गर्दै माक्स दिएर अब देखि माक्स लगाएर मात्र हिडनुहोला भनेर नागरीकहरूलाई सल्लाह दिन आग्रह गर्दछु ।