
धादिङ असार २६ । धादिङको नीलकण्ठ नगरपालिका ७ स्थित तारुखर्कमा तीन घर पहिरोको जोखिममा परेको छ ।
बिहिबार देखि अविरल रुपमा परेको पानीले घर तलबाट पहिरो जना थाले पछि तीन वटा घर जोखिममा परेको घरधनी कोत बहादुर रम्तेलले बताए । घर भन्दा तल खनिएको सडकले गर्दा तीनघर जोखिममा परेको उनले बताए ।
सडक निर्माण ठेकेदारको लापर्वाहीका कारण घर पहिरोको जाखिममा परेको र पिढी समेत चर्किएपछि आफुहरु छिमेकीको घरमा गएर बसेको अर्का घर धनी रमेश रम्तेलले बताए ।
अहिले पनि ग्याविन जाली लगाउन सके पहिरोको जोखिम कम हुन्थ्यो श्रम आफै गर्दथ्यौं तर जालीको अभावका कारण ३ वटा घर पहिरोको कारण भत्कने अवस्थामा रहेको उनीहरुले बताए ।


