सिन्धुपाल्चोकको बाह्रबिसेमामा बाढीले बजार डुब्यो

Avatar photo
Dhadingpost
असार २५, २०७७

काठमाडौं असार २५ । बागमती प्रदेश अन्तरगत पर्ने सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले पुल सहित बजार डुबाउँदा एक दर्जन घर बगाउँदा १९ जना भन्दा बढी वेपत्ता भएका छन् ।

ठूलो पहिरो गएको छ, यति नै जना बेपत्ता भएको एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए । घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ ।’ पहिरोले कति घर पुरिए भन्ने अनुमान गर्ने अवस्था नभएको शेर्पाको भनाइ छ ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको छ । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ ।

बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको पौडेलले बताए । उनले भने, ‘जिल्लाबाट हेलिकप्टर मगाउन समन्वय गरिरहेका छौं ।’

x