असार २५ देखि असार २८ गते सम्म यस वर्षकै बढी वर्षा हुने

Avatar photo
Dhadingpost
असार २४, २०७७

काठमाडौं असार २४ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागमती प्रदेश सहित ४ वटा प्रदेशमा बिहीबारदेखि यो वर्षकै बढी पानी पर्ने जनाएको छ ।

प्राधिकरणले असार २५ देखि असार २८ गतेसम्म यी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने जनाएको हो ।

यस वर्ष वैशाखदेखि नै धेरै पानी परिरहेकाले बिहीबारदेखि हुने भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने प्राधिकरणको भनाइ छ।

पहाडी भेगको माटो गलिसकेकाले बिहीबादेखि हुने वर्षाले कतिपय स्थानमा पहिरोसमेत जानसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तस्वीरः उज्यालोबाट

x