हाइकु

Avatar photo
Dhadingpost
असार २२, २०७७

बाढिको गति
खहरे भङ्गालोले
जमिन क्षति

               काटेको घाउ
               नुनचुक घसेर 
              निचोर्ने दाउ 

व्यक्तिको भक्ति
आडम्बर ढल्नेछ
एकता शक्ति

                 शक्तिले मत्ता 
              अहंकार दम्भले
                टिक्दैन सत्ता 

भदौरे भेल
खडेरीमा सुक्नेछ
स्वार्थको खेल

               मिल्दा पो भलो
            लुछाचुँडी नहोस 
             पुर्खाको थलो 

          २२ आषाढ २०७७
x