
धादिङ असार १९ । धादिङमा खेलकुद गतिविधि गर्दै आई रहेको मदन भण्डारी स्पोर्ट एकेडेमी धादिङले थाक्रे गाउँपालिकाको महादेवबेसीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ ।
युवा संगठन धादिङका संयोजक दिपक खतिवडा अध्यक्ष रहेको मदन भण्डारी स्पोर्ट एकेडेमी धादिङले आयोजना गरेको उक्त प्रदर्शनमा ओली नकट नेकपाका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराल लगायतलाई प्रधानमन्त्री ओलीले बोलाएर आफुलाई घेराबन्दी गरिएको र त्यसको बिरुद्ध सडक आन्दोलन गरेर देश ठप्प पार्न निर्देशन दिए सँगै धादिङमा ओली नीकट कार्यकर्ताहरु सडकमा देखिएका हुन् ।
थाँक्रको महादेवबेसीमा भएको उक्त प्रदर्शनमा मान्छेको सान बोलिले, नेपालको सान ओलीले, आजलाई होईन भोलीलाई,जनताको समर्थन ओलीलाई, स्थिर सरकार कायम गर, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर,लिपुलेक लिम्पियाधुरा हाम्रो हो लगायतका नाराहरु लागेका थिए ।

