
धादिङ असार १६ । जनता समाजवादी पार्टी धादिङले राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदभाव उन्मूलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी विरोधी भएको भन्दै विरोध जनाएको छ ।
विरोध स्वरुप जसपा धादिङले प्रमुख जिल्ला अधिकारी आसमान तमाङ मार्फत मार्फत नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
समानताको नारा दिएर नथाक्नेहरुको झन्डै दुईतिहाइको नजिकको शक्तिशाली सरकार भएको बेला विभेदसहितको नागरिकता विधेक ल्याएकोले विरोध गरिएको जसपा अध्यक्ष राम ढकालले धादिङपोष्टलाई बताए ।
अध्यक्ष ढकालका अनुसार प्रधान मन्त्री ओलीलाई पठाईएको त्रापन पत्रमा नागरिकसंग बैवाहीक सम्बन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोबास गरेका विदेशी नागरिकले आफ्नो नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाणको आधारमा बैवाहीक अंगिकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइनुपर्ने माग गएिको छ ।
त्यसैगरी नेपाली नागरिकसंग बैवाहीक सम्बन्ध कायम गर्ने विदेशी नागरिकलाई अंगिकृत नागरिकता प्रदान गर्ने सम्बन्धमा हाल रहेको लैङ्गीक विभेद अन्त्य गरी पूर्ण समानता काम गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

गोर्खा भर्ती मार्फत विदेशी सेनामा कार्यरत नेपालीहरुका सन्तानलाई गैरनागरिक बनाइराख्ने प्रावधान खारेज गर्नुपर्ने र गोर्खा सेनाका नेपाली नागरिकताको निरन्तरता र तिनिहरुको सन्तानलाई नागकिता प्रदान गर्ने व्यवस्था मिलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई नागरिकताको लागि लैङ्गीक परीक्षण गर्नुपर्ने विभेदपूर्ण प्रावधान खारेज गर्नुपर्ने र उनीहरुले स्वघोषणा गरेको लैङ्गीक पहिचानलाई मान्यता दिई नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन पार्टीले सरकारसंग आग्रह गरेको छ ।

