
थर्चा लामा
धादिङ, असार १२ । धादिङको रुबिभ्याली गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ को निति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ ।
रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङको सभापतित्व तथा वडा नम्बर ३ का जेष्ठ नागरिक यहरुङ तामाङ प्रमुख आथित्यमा बुधबार सम्पन्न गाउँ सभाले निति तथा कार्यक्रम सहित बजेट पास गरेको थियो ।
रुबीभ्याली गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ को ३४ करोड २८ लाख ३६ हजार विनियोजन गरेको छ । कुल विनियोजन मध्ये चालू खर्च तर्फ १२ करोड ९४ लाख ३५ हजार र पुजिगत तर्फ २१ करोड ३४ लाख १ हजार विनियोजन गरेको हो ।
बजेट विनियोजन शिर्षक
- भवन निर्माण तर्फ ३ करोड ८१ लाख
- सडक तर्फ ३ करोड ३४ लाख
- वातावरण तथा विपद ब्यबस्थापन तर्फ ६३ लाख
- शिक्षा युवा तथा खेलकुद तर्फ ४७ लाख
- स्वास्थ्य तर्फ ५३ लाख
- खानेपानी तथा सरसफाई तर्फ ६७ लाख ५० हजार
- कृषि तथा पशु विकासतर्फ ५३ लाख
- सुचना तथा प्रबिधी तर्फ ५ लाख
- ग्रामिण विद्युतिकरण तर्फ १० लाख
- महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ८ लाख
- सामाजिक तथा सास्कृतिक संरक्षण तर्फ ११ लाख
- पर्यटन प्रबर्धन तर्फ ४३ लाख
- लक्षित वर्ग तर्फ १६ लाख
शिक्षा ,स्वास्थ्य,कृषि प्राबिधिक तथा महिला वालवालिका कार्यक्रम तर्फका कर्मचारीहरुको तलब भत्ता लगाएतका सुबिधाका लागि संघिय सरकारबाट ८ करोड ६८ लाख तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान १ करोड ७४ लाख ७७ हजार समाबेश भएको छ।
आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च ब्यहिर्ने श्रोत मध्ये संघिय सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान ७ करोड ५८ लाख एबम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड १८ हजार,बिशेष अनुदान तर्फ ५० लाख,समपुरक अनुदान तर्फ ५० लाख,संघबाट प्राप्त हुने राजश्व बाडफाट ६ करोड १२ लाख ४१ हजार एबम प्रदेशबाट प्राप्त हुने राजस्व बाडफाट २ करोड , आन्तरिक राजस्व असुली ५० लाख र गत आवको खर्च गरि बाकी रहन आएको ५ करोड २५ लाखबाट ब्यहोरिने भएको छ ।

