धादिङका स्थानीय तहको अनुमानित बजेट यस्तो आयो

Avatar photo
Dhadingpost
असार ११, २०७७

धादिङ असार ११ । धादिङमा २ नगरपालिका र ११ वटा गाउँपालिका छन् । यी मध्य २ नगरपालिका र ५ वटा गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम सँगै अनुमानित बजेट सार्वजनिक गरे भने, आगामी वर्षको नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरे ।

नीति तथा कार्यक्रम सँगै अनुमानित बजेट पेस गर्नेमा नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डब्जोङ गाउँपालिका र रुबीभ्याली गाउँपालिका रहेका छन् ।

धादिङको स्थानीय तह मध्य नीलकण्ठ नगरपालिकाले सबै भन्दा धेरै अनुमानित बजेट पेस गरेको छ, भने कममा रुबीभ्याली गाउँपालिका छ ।

धादिङका १३ वटै स्थानीय तहका नीति तथा कार्यक्रम भने मिल्दाजुल्दा देखिएका छन् । कृषकका लागि कृषि उत्पादन तथा पशुपालनमा प्रोत्साहन गरिने, आधुनिक कृषि औजार तथा उपकरण वितरण गरिने, मल तथा विउ, विजन उपलब्ध गराइने, कृषि अनुदान वितरण गरिने र उत्पादित कृषि उपजका लागि बजार व्यवस्थापन गरिने लगायतका योजना मिल्दाजुल्दा छन् ।

भौतिक पूर्वाधार विकासको कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएका छन् । सडक सञ्जालको विस्तार, पर्यटन प्रवद्र्धनका कार्यक्रम, घरघरमा खानेपानी धारा जडान गरिने, ग्रामिण विद्युतिकरण जस्ता कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

यस्तो छन् अनुमानित बजेट

१. नीलकण्ठ नगरपालिका
१ अर्व, ३ करोड, ११ लाख ५५ हजार ८२०

२. धुनीबेसी नगरपालिका
६९ करोड, ३३ लाख, ८७ हजार, ५००

३. थाँक्रे गाउँपालिका
८१ करोड ४४ लाख ५२ हजार रूपैया

४. बेनीघाट रोराङ गाउँपालिका
८७ करोड, ५० लाख ८४ हजार रुपैंया

५. गंगाजमुना गाउँपालिका
५२ करोड ९९ लाख ६५ हजार ४ सय ५६ रुपैया

६. नेत्रावती गाउँपालिका
५० करोड ५ लाख ५५ हजार ८ सय ७४ रुपैंया

७. रुबीभ्याली गाउँपालिका
३४ करोड २८ लाख ३६ हजार रुपैंया

८. गल्छी गाउँपाकिला
बजेट पेस नभएको

९. गजुरी गाउँपाकिला
बजेट पेस नभएको

१०. सिद्धलेक गाउँपालिका
बजेट पेस नभएको

११. ज्वालामुखि गाउँपालिका
बजेट पेस नभएको

१२. त्रिपुरासुन्दरी गाउँपालिका
बजेट पेस नभएको

१३. खनियाबास गाउँपालिका
बजेट पेस नभएको

x