
धादिङ असार ११ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको गाउँ सभाले आर्थिक वर्ष ०७७/७८ का लागि ८७ करोड, ५० लाख ८४ हजारको बजेट पास गरेको छ ।
बुधबार मलेखु स्थित रिचोकटामामा आयोजित गाउँ सभामा गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, भने उप प्रमुख देवी प्रसाद सिलवालले बजेट पेस गरेका थिए ।
- बेनीघाट रोराङको नीति तथा कार्यक्रमको पूर्ण पाठ
- बेनीघाट रोराङको नीति तथा कार्यक्रममा यसरी समेटियो खेलकुदलाई
- निरन्तरतामा हैन, आवश्यकतामा बजेट बनाउनु -मन्त्री जम्कट्टेल
उपप्रमुख सिलवालले आर्थिक विकासका लागि ३ करोड ५ लाख, सामाजिक विकासका लागि ९ करोड ७१ लाख ५० हजार, पूर्वाधार विकासका लागि १४ करोड ६९ लाख५० हजार, वनवातावरण तथा विपद व्यवस्थापनकबा लागि २ करोड, १७ लाख, संस्थागत विकासका लागि २ करोड २ लाख, प्रशासनकि तथा कार्यालय संचालन तर्फ २७ करोड ९८ लाख ७० हजार बजेट प्रस्तुत गरेका थिए ।


