नीलकण्ठ नगरपालिकाको बजेट १ अर्व ३ करोड ११ लाख

Avatar photo
Dhadingpost
असार ११, २०७७

धादिङ असार ११ । नीलकण्ठ नगरपालिकाको बुधबार सम्पन्न गाउँ सभाले ०७७/७८ का लागि बार्षिक बजेट १ अर्ब ३ करोड ११लाख ५५ हजार ८२० रुपैयाँ पारित गरेको छ ।

नगर प्रमुख भिम प्रसाद ढुङ्गानाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भए सँगै उप प्रमुख मनराज भण्डारीले चालु खर्च तर्फ ७१ करोड ५५ लाख ७० हजार ८ सय २० र पुँजीगत खर्च तर्फ ३१ करोड ३५ लाख ८५ हजार विनियोजन गरिएको बजेट प्रस्तुत गरेका थिए ।

नगर प्रमुख ढुङ्गानाद्वारा प्रस्तुत १० पृष्ठ लामो नीति तथा कार्यक्रममा कोभिड १९ तथा विपत् व्यवस्थापन, शैक्षिक विकास तथा सुधार,जनस्वास्थ्य, कृषि तथा पशुपन्छि विकास, उत्पादन तथा उद्यमशीलता र सहकारी, पूर्वाधार विकास तथा नगर गौरवका योजना र महिला, जनजाति, बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिक शिर्षक उल्लेख गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा दलित तथा विपन्न वर्ग, संस्कृति उद्योग तथा पर्यटन, साझेदारी, हरियाली, वातावरण संरक्षण, नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन, युवा खेलकूद र नवप्रर्वधन, सूचना तथा संचार प्रविधि र सुशासन तथा संस्थागत विकासलाई समेटिएको छ ।

x