निरन्तरतामा हैन, आवश्यकतामा बजेट बनाउनु -मन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
असार १०, २०७७


धादिङ असार १० । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बजेट विकासको निरन्तरतामा नभै आवश्यकताको आधारमा तय गरिनु पर्ने बताएका छन् ।

धादिङको बेनिघाट रोराङको ७ औं गाउँसभा उद्घाटन गर्दै मन्त्री जम्कट्टेलले स्थानीय तहले बजेट बनाउँदा कनिका छरे जस्तो नगरी परिणाम आउने गरि हैन आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका हुन् ।

गजुरी, सिद्धलेक र बेनीघाट रोराङका जनताले मतदान गरी प्रदेश सांसद बनेपनि विकासका दृष्टिकोणमा धादिङको उत्तरी क्षेत्र रुबीभ्याली देखि दक्षिणको महाभारत क्षेत्र सम्म समेट्ने गरि प्रदेशको बजेट विनियोजनमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गरेको समेत गाउँ सभामा मन्त्री जम्कट्टेलले बताएको थिए ।

ग्रामिण भुगोल ,गजुरी र सिद्धलेक भन्दा पिछडीएको क्षेत्र बेनिघाट रोराङ भएकोले यी दुई गाउँपालिकालाई भन्दा बढी प्रदेशको बजेट बेनिघाट रोराङलाई पारेको समेत उनले दावी गरे ।

संसद विकास कोषको रकम अव कनिका छरे जस्तो नछर्ने र एक मुस्ट ३ करोड बेनीघाट रोराङकमा निमार्णधिन अवस्थामा रहेको चिस्यान केन्द्रमा हाल्ने घोषणा गर्दै मन्त्री जम्कट्टेलले अपुग थप रकम गाउँपालिकाले थप्न निर्देशन समेत दिएका थिए ।

x