नेत्रावती डब्जोङ गाउँपालिकाको यस्तो आयो नीति तथा कार्यक्रम

Avatar photo
Dhadingpost
असार १०, २०७७

धादिङ असार १० । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम पारित गरेको छ ।

मंगलबार सम्पन्न नेत्रावती डब्जोङको गाउँसभाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सरसफाई, पर्यटन विकास लगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यले धादिङपोष्टलाई बताए ।

नीति तथा कार्यक्रमा थर्पुभञ्ज्याङमा १५ बेडको अस्पताल बनाउने, कृषक अनुदान, पर्यटन विकास देखि खेलकुद विकासलाई समेत बजेट विनियोजन गरिने प्रमुख शाक्यले बताएका छन् ।

गाउँसभाको उद्घाटन जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले उद्घाटन गरेका थिए ।

नेत्रावती डब्जोङको गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम जस्तोको तस्तैः

नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभाका सभाध्यक्ष, गाउँसभाका सदस्य ज्यूहरु, अतिथि ज्यूहरु, सम्पूर्ण कर्मचारीहरु तथा उपस्थित सम्पूर्ण आमाबुबा, दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

यति बेला विश्वले महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट मानव सभ्यता र मानव जाती माथि नै अकल्पनिय संकट भोगी रहेको छ । महामारी बिरुद्ध स्थानीय सरकार आफ्नो सम्पूर्ण क्षमता, स्रोत र साधनका साथ जुटिरहेको यस कठिन परिस्थितीमा स्थानीय सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु । प्रस्तुत नीति तथा कार्यक्रमले कोभिड–१९ बाट स्थानीय सम्पूर्ण नागरिकको जीवन रक्षा गर्ने, स्थानीय नागरिकले प्रत्यक्ष महसुश गर्ने विकास तथा महामारीबाट शिथिल अर्थतन्त्रलाई उकासेर चलाएमान बनाउने लक्ष्य लिएको छ ।

यति बेला म नेपालको योगान्तकारी परिवर्तनका लागि ऐतिहासिक जनआन्दोलन तथा सबै खाले आन्दोलन एवं संघर्षको क्रममा शहादत प्राप्त गर्नु हुने सम्पूण ज्ञात अज्ञात सहिद प्रति भाव पूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरुले पु¥याउनु भएको अमूल्य योगदानको स्मरण गर्न चाहन्छु । विश्वव्यापी रुपमा फैलिए कोभिड–१९ को महामारीबाट स्वदेश तथा विदेशमा जिवन गुमाउनु भएका सम्पूर्ण दिदिबहिनी तथा दाजु भाई प्रति भाव पूर्ण श्रद्धान्जली व्यक्त गर्दै संक्रमित सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

नेपाललको संविधान २०७२ जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम नेपालमा ३ तहको सरकार हुने संवैधानिक प्रावधान रहेको छ । जनताको सबैभन्दा नजिक रहेर घरदैलोसम्म पुगेर जनताको सबै दुःख बुझ्ने सरकार भनेको स्थानीय सरकार हो । नेपाली जनताको लामो समयदेखिको अपेक्षा संविधान निर्माण कार्यलाई २०६२/०६३ को लगायतका विभिन्न समयमा भएको आन्दोलन र दुई पटकसम्म भएको संविधान सभा निर्वाचनले संभव बनाएको छ र हाल संविधान कार्यान्वयन कै क्रममा छ ।

यसै संविधान बमोजिम नै २०७४ मा स्थानीय निर्वाचन भई यस नेत्रावती डबजोङ गाउँपालिकाले पनि स्थानीय सरकारको रुपमा काम गरेको तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गर्ने क्रममा छौं । यस बिचमा हामिले हाम्रो गाउँपालिका भित्र कति काम ग¥यौं ? त्यसको अनुभव साथ साथै मूल्याङ्कन र विश्लेषण नेत्रावती डबजोङ गाउँपालिकाबासी नागरिकहरुले गर्नु भएको छ । तीन वर्षको कार्यकाल सकेर चौंथो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ । स्थानीय सरकार मार्फत नै गाउँ समाजको विकास गर्ने जिम्मेवारी दिईएकोले हाम्रो काँधमा अवसरको साथ साथै चुनौती पनि थुप्रै रहेका छन् । यद्यपी चुनौतीहरुलाई अवसरमा परिणत गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।

उपस्थित सम्पूर्ण महानुभावहरु :

अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको चालु आ.व. २०७६/०७७ मा सम्पादित क्रियाकलापको मुख्य मुख्य छोटकरी रुपमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • यस गाउँपालिका भित्रको मुख्य सडक टोड्के कुपिण्डे हुदैं भोक्टेनीसम्मको सडक यस चालु आ.व.मा ग्रावेल गरिएको छ । साथै गाउँपालिका अन्तर्गतको अन्य सडक पनि स्तरोन्नती गरेको छु ।
  • गाउँपालिकाको प्रशासकीय भवनसम्म जाने सडक निर्माण भईसकेको र गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न टेन्डर प्रक्रिया यस आ.व.मा अगाडी बढाउने छु ।
  • यस गाउँपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र वाकाराहा र डबजोङ दरवार क्षेत्र संरक्षण कार्य अगाडी बढाएको छु । साथै बिन्दुकेशर महादेव तिर्थस्थल निर्माण प्रक्रिया अगाडी बढाईएको छ ।
  • पर्यटकीय स्थल वाकाराहासम्म जाने बाटोलाई प्रदेश सरकारको सहायतामा स्तरोन्नती गरेको छु ।
  • यस गाउँपालिका भित्रका महिला दिदी बहिनीहरुको क्षमता विकास गरी प्रत्यक्ष रुपमा आय आर्जन गर्न सक्ने र महिलाहरुलाई व्यवसायीक बनाउने हेतुले नमुनाको रुपमा यस वर्ष वडा नं. १ मा महिला आय आर्जन भवन निर्माण गरेको छु ।
  • यस गाउँपालिका भित्र खानेपानी समस्या समाधान गर्न अवलम्बन गरिएको एक घर एक धारा नीति अनुरुप सम्पूर्ण वडामा खानेपानी आयोजना संचालन गरिएको र अझै समस्या रहेको स्थानमा आगामी आ.व.सम्म समस्या समाधान गर्ने नीति अवलम्बन गरेको छु ।
  • यस गाउँपालिका भित्र कृषि क्षेत्रको विकास गरी कृषिलाई वैज्ञानीक बनाउन चालु आ.व.मा गोठ सुधार कार्यक्रम, पशु सुत्केरी भत्ता, पशु बिमा, प्लाष्टिक टनेल वितरण गरेको छु । साथै कृषकलाई मिनिटिलर उपलब्ध गराउने प्रकृयामा छु ।
  • कृषि क्षेत्रलाई व्यवसायीकरण तथा बजार प्रबद्र्धन गर्न विभिन्न वडाहरुमा कृषि उपज संकलन केन्द्र निर्माण गरेको छु ।
  • यस गाउँपालिका भित्र कृषिजन्य वस्तु उत्पादन बढाउन वडा नं. २ मा तल्लो पोखरा सिचाई आयोजना सम्पन्न गरेको छु । साथै आगामी आ.व.मा प्रत्येक वडामा एउटा ठुला सिचाई आयोजना निर्माण गर्ने नीति अवलम्बन गरेको छु ।
  • यस आ.व.मा पशु आहारा तथा सुत्केरी भत्ता स्वरुप ६० जना पशुपालन कृषकलाई रु. २५०० का दरले वितरण गरेको छु, १० वटा बोयर जातको बोका वितरण गरेको छु ।
  • गाउँपालिका भित्र रहेका गरिबहरुको पहिचान गरी गरिब अन्त्य गर्नको लागि चालु आ.व.मा गरिब घरपहिचान तथा परिचय–पत्र वितरण कार्यक्रम यस गाउँपालिकाको प्रत्येक वडामा कार्यक्रम अगाडी बढाईएको छ ।
  • यस चालु आ.व.मा गाउँपालिकाको प्रशासकीय भवन निर्माण निम्ति आवश्यक जग्गा उपलब्ध गराई सकेको छु ।
  • यस गाउँपालिका भित्र स्वास्थ्य क्षेत्र प्रभावकारी रुपमा अगाडी बढाउनको लागि वडा नं. ४ भोक्टेनीमा १५ शैंयाको अस्पताल निर्माण कार्य अगाडी बढाइएको छ ।
  • यस गाउँपालिका भित्रका फोहोर मैला व्यवस्थापन गर्न ट्याक्टर खरिद भैंसकेको छ र (Land field Side) निर्माण प्रक्रिया अगाडी बढाईएको छु ।
  • यस गाउँपालिकाको प्रत्येक वडामा स्तरीय खेलमैदान निर्माण गरेको छु । आगामी आ.व.मा खेलकुद प्रशिक्षकको व्यवस्थापन गरी युवाहरुलाई खेलकुदमा पोख्त बनाउने निर्णय गरेको छु ।
  • यस गाउँपालिकामा रहेका स्वास्थ्य सेवा वाट वञ्चित दिर्घ रोगी असहाय ,विपन्न तथा पछाडी परेका व्यक्तिहरुका लागी समय समयमा स्वास्थ्य शिविर सञ्चालन गरी रोगको पहिचान गरी उपचारको लागी आर्थिक सहायता दिने व्यवस्था गरेको छु । साथै आयुर्वेदिक क्लिनिक कार्यक्रम चौमासिक रुपमा संचालन गरिएको छ ।
  • कोरोना महामरीको कारण भएको लकडाउनको समयमा समस्यामा परेको दिर्घ रोगी विरामीहरुलाई नियमित सेवन गर्ने औषधि वितरण गरेको छु ।
  • यस आ.व.मा नमुना तथा अनुकरणिय कार्यको रुपमा श्रममा आधारित राहत कार्यक्रम मार्फत कोभिड–१९ को महामारीको समयमा गाउँपालिका भित्रका १६२ जना विपन्न तथा गरिब मजदुरहरुलाई १० दिनको दरले काममा लगाएर पारिश्रमिक दिएको छु ।
  • कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ तथा सिमा नाकाबाट नागरिक उद्धार, क्वारेन्टाइन व्यवस्थापन गरी १४ दिन सम्म क्वारेन्टाइनमा राखी च्म्त् चेक जाँच पश्चात् स्वयं नागरिकले होम क्वारेन्टाइनमा बस्ने गरी कबुल पश्चात् घर फिर्ता पठाइएको छ । कोरोना महामारीमा जोखिम निर्वाह गरे बापत् सबै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता वितरण गरेको छु ।
  • गाउँपालिका अन्तर्गत १० ठाँउमा सौर्य सडक बत्ती जडान गरिएको छ ।
    अब म आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
    क) पूर्वाधार तथा संरचना विकास :
  • निर्वाचित जनप्रतिनिधि आएको तीन वर्ष पूरा भईसकको अवस्थामा गाउँपालिकाको सेवालाई जनताको नजिक पु¥याउन आवश्यक कदम चालिनेछ । गाउँपालिकामा पुर्वाधार विकास निर्माणका कार्यहरुलाई जनताले अनुभुत गर्न सक्ने गरी जनमूखी, पारदर्शी, परिणाममूखी बनाईनेछ ।
  • पूर्वाधार विकास कार्यक्रमलाई दिगो विकासको अवधारणा अनुसार स्थानीय नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी अगाडी बढाईने छ । साथै विकासलाई एकिकृत र प्रभावकारी बनाउन आवधिक योजना निर्माण गरी अगाडी बढिने छ ।
  • यस गाउँपालिका भित्रको प्रत्येक वडामा कम्तिमा एक/एक वटा गाउँपालिका स्तरीय गौरवका आयोजनाहरु संचालन गरिनेछ ।
  • नेत्रावती डबजोङ गाउँपालिकाले रिङरोड बनाउने योजना अनुसार विस्तृत अध्ययनको काम सकिसकेको छ । आगामी आ.व.०७७/७८ मा संघीय सरकार र प्रदेश सरकार सँग समपूरक अनुदान मार्फत रिङरोडको स्तरोन्नती गरिनेछ । साथै गाउँपालिका भित्रका सम्पुर्ण वडा कार्यालय देखि गाउँपालिकाकोृ कार्यालय सम्मको सडकलाई स्तरोन्नती गरिनेछ ।
    गाउँपालिका क्षेत्रभित्र रहेको काठको पोललाई ग्याल्भानाईज्ड फलामे पोलले विस्थापित गरी काठको पोल मुक्त गाउँपालिका बनाईनेछ । आ.व. ०७७/७८ मा पनि यो योजनालाई निरन्तरता दिईनेछ र गाउँपालिकामा आउने विधुत सम्बन्धि सम्पुर्ण समस्याको समाधान गरि गाउँपालिकालाई लोड सेडिङ मुक्त बनाईनेछ ।
  • स्थानीय तहको केन्द्र देखि प्रत्येक वडा कार्यालयसम्मको सडकको स्तरोन्नती गरी स्थानीय सडकहरु निर्माण गर्दा सडक छेउका नाला अनिवार्य रुपमा बनाईनेछ ।
    उपभोक्ता समितिबाट गरिने सार्वजनिक निर्माणका कार्यमा स्थानीय उपकरणको उपयोगमा बढी जोड दिईनेछ र अनिवार्य रुपमा मेशिनरी औजार प्रयोग गर्नु पर्ने ठाउँमा गाउँपालिकाकै मेसिन प्रयोग गर्न लगाईनेछ ।
  • उपभोक्ता समितिबाट हुने कार्यलाई प्रभावकारी बनाउन उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई दोसल्ला सहित पुरस्कृत तथा कदरपत्रले सम्मान गरिने नीति अवलम्बन गरिनेछ ।
  • गाउँपालिका भित्रको मूल सडक आगामी आ.व.सम्ममा माथिल्लो निकायको समन्वयमा स्तरोन्नती गरी वर्षा याममा पनि यातायात निर्वाध रुपले संचालन हुन सक्ने गरी अगाडी बढिने छ ।
  • एक घर दुई डस्टविन नीति अवलम्बन गरिने छ । साथै गाउँपालिका भित्र निस्कने फोहोरमैला व्यवस्थापन गर्न टेयाक्टर खरिद गरि सकेको अवस्थामा आगामी आ.व.मा ल्याण्ड फिल्ड साईड (Land field Side) निर्माण गरि फोहोरमैला मुक्त गाउँपालिका बनाइने छ ।
  • कोभिड–१९ को महामारीबाट गाउँपालिकालाई सुरक्षित गर्न प्रत्येक वडामा १ वटा व्यवस्थित क्वारेन्टाईन स्थल निर्माण गरिने छ ।
  • यस आ.व.मा गाउँपालिकाको प्रशासकीय भवनका लागि जग्गा पास भैंसकेकोमा आगामी आ.व.मा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गरिने छ ।
  • गाउँपालिका भित्रका प्रत्येक वडा कार्यालयहरु अपाङ्गमैत्री निर्माण गरि स्थानीय स्तरबाट दिने सेवा चुस्त दुरुस्त पारिने छ ।
  • गाउँपालिकाबाट विनियोजित योजनामा नगद लागत सहभागिता हुने नीति लिइनेछ । योजना सम्झौता गर्न आउँदा उपभोक्ताको तर्फबाट गरिने नगद सहभागिता वाफतको रकम गाउँपालिकाको संचित कोष खातामा नगद जम्मा गरेको भौचर पेश गर्नु पर्नेछ । साथै उपभोक्ता समितिबाट संचालित योजनाहरुमा उपभोक्ता समितिले गाउँपालिकामा योजना सम्झौता गर्दा दर्ता स्वरुप निश्चित शुल्क तिर्नुपर्ने प्रावधान राखेको छु ।
  • गाउँपालिकामा इजलासको व्यवस्था गरि न्यायिक समितिको कार्यलाई चुस्त दरुस्त पारिने छ ।
  • गाउँपालिका क्षेत्रभित्र निर्माण हुने सम्पूर्ण भवनको नक्सा पास अनिवार्य गरिएको छ ।
    नेत्रावती डबजोङ गाउँपालिकाले रिङ्गरोड बनाउने योजना अनुसार विस्तृत अध्ययनको काम सकिसकेको छ । आगामी आ.व.मा संघीय सरकार र प्रदेश सरकारसँग समपुरक अनुदान माग गरि रिङ्ग रोडको स्तरोन्नती गरिनेछ ।
  • संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएको जनयुद्ध तथा विभिन्न जनआन्दोलनमा सहादत प्राप्त सहिदहरुको सम्झनामा सहिद पार्क तथा सहिद गेट निर्माण गरिनेछ ।
    ख) आर्थिक विकास
    कृषि विकास तथा सहकारी
  • सहकारी क्षेत्रमा भइरहेको विकृतिलाई अन्त्य गर्दै सहकारी क्षेत्रलाई रोजगारमुखी बनाइनेछ । एकै प्रकृतीका सहकारीहरु मर्ज गरी गाउँपालिकामा क्षेत्रगत एक सहकारी मात्र सञ्चालन गर्ने नीति लिईनेछ । गाउँपालिकाबाट हुने अनुदानको कार्यक्रममा सहकारी संस्थालाई आवद्ध गरिनेछ ।
  • कृषि तथा पशु पालन क्षेत्रको विकासमा कृषक समूह, समिति, सहकारी, गैर सरकारी संस्थासँग साझेदारी गर्ने नीति अवलम्बन गरिएको छ ।
  • गोठ सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • सहकारी संस्थाहरु एक आपसमा मर्ज गरेर सक्रिय बनाइने छ । नागरिक, सहकारी र गाउँपालिकाको निष्पक्षिय सम्बन्धबाट कृषि कार्यक्रमहरु अगाडी बढाइने छ ।
  • कृषि उपजमा प्रयोग हुने किटनाशक औषधीलाई निरुत्साहित गरी Organic उत्पादनमा जोड दिइनेछ ।
  • एक घर एक करेसा बारी नीति अवलम्बन गर्ने नीति लिईएको छ ।
  • राज्यले एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र बनाउने लक्ष्य लिए बमोजिम अगाडी बढिने छ । आगामी आ.व. २०७७/०७८ भित्र यस गाउँपालिकाको प्रत्येक वडालाई एक वडा एक कृषि पकेट क्षेत्र बनाईने छ ।
  • यस आ.व.मा यस गाउँपालिमा रहेको सबै बाँझो जमिनलाई उपभोगमा ल्याउन आवश्यक कदम चालिने छ ।
  • कोरोना महामारीबाट प्रभावित भई स्वदेश फर्केका युवाहरुलाई कृषि पेशामा आवद्ध गराउन आवश्यक कार्यक्रमहरु ल्याईनेछ । कृषि पेशामा स्थानीय युवालाई अग्रसर गराई वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या अत्न्य गराउने लक्ष्य लिएको छ ।
  • स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुलाई प्रत्येक वडामा निर्माण भएका कृषि उपज संकलन केन्द्र मार्फत बजारिकरण गर्न गाउँपालिकाले आवश्यक व्यवस्था गर्ने छ ।
  • कोरोना महामारीबाट विश्व नै प्रभावित भएको विदेशिइका नेपाली नागरिक स्वदेश फर्किएको अवस्थामा यस गाउँपालिकाका त्यस्ता युवाहरुलाई पशुपालनमा आवद्ध गराउन आकर्षक कार्यक्रमहरु अगाडी बढाईनेछ ।
  • स्थानीय स्तरमा उत्पादन भएका पशुजन्य उत्पादनलाई बजार व्यवस्थापन गर्न गाउँपालिकाले आवश्यक समन्वय गर्ने छ ।
  • विगत वर्षहरुमा जस्तै आगामी आ.व.मा पनि प्रत्येक वडाका पशुपालनमा आवद्ध नागरिकलाई अनुदान दिने व्यवस्था गरिएको छ । यसबाट अन्य युवालाई पनि पशुपालनमा आवद्ध गराउन सकिने अपेक्षा गरिएको छ ।
  • कृषि तथा पशुपालनलाई व्यावसायीक बनाउन गाउँपालिकाले विक्रिको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने नीति अवलम्बन गरिने छ ।
  • कृषि क्षेत्रमा दिईने अनुदानलाई पारदर्शी, अनुमानयोग्य बनाउन कृषक समूह गठन तथा दर्ता कार्यक्रम गरिनेछ ।
  • कृषकको घरघरमा कृषि प्राविधिक’ कार्यक्रमको लागि आवश्यक व्यवस्था गरिनेछ ।
  • स्थानीय प्रजातीको फलफुललाई व्यवसायिक बनाउन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिकामा कृषि बाली तथा तरकारी बाली र फलफुल नर्सरी स्थापना गरिनेछ । गाँउपालिकामा उत्पादन हुने तरकारी तथा फलफूलको भण्डारण, बजारीकरण तथा उत्पादनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ । स्थानीय तरकारी तथा फलफूलको परल मूल्य तोकिनेछ ।
  • स्थानीय स्तरमा नैं प्राङगरिक मल उत्पादन गर्न पहल गरिनेछ । जैविक खेती गर्न कृषकलाई प्रोत्साहन गरिने कार्यक्रम संचालन गरिनेछ ।
  • कृषि क्षेत्रलाई व्यवसायीकरण, यान्त्रिकरण तथा विविधिकरण गरिनेछ ।
  • पशु विमा कार्यक्रम, पशु सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • पशु तथ्याङ्क अभिलेखीकरण गरिनेछ ।
  • पशुपालन पकेट कार्यक्रमको लागि आवश्यक व्यवस्था गरिनेछ ।
  • सहकारीको नियमनको साथै पालिकाबासी बेरोजगार सीपमुलक जनशक्तिलाई सहकारीसँग आवद्ध गरी स्वरोजगार सहकारी कार्यक्रम संचालन गरिनेछ ।
  • ग) सामाजिक विकास :
  • शिक्षा युवा तथा खेलकुद
  • विद्यालय बाहिर शून्य बालबालिका कार्यक्रम संचालन गरिनेछ । जस अन्तर्गत गाउँपालिका भित्रका गरिव, अति विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई शिक्षाको पहुँचमा सहजै पु¥याउन लागि सहायता रकम मार्फत् अध्ययन कार्यक्रम निरन्तरता दिने गरी अगाडी बढाईनेछ ।
  • सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरु तथा शिक्षिकाहरुलाई शिक्षामा नियमितता कायम राख्न निःशुल्क स्यानिटरी प्याड वितरण गरिनेछ ।
  • सामाजिक विसंगती विरुद्ध यूवा नीति अवलम्बन गरिएको छ । समाजमा भएका सबैखाले विभेद, असुरक्षा, भेदभाव, हिंसा र निरक्षरताका विरुद्ध गाउँगाउँमा यूवा परिचालन गरिनेछ ।
  • अदक्ष बेरोजगारहरुलाई श्रम बैंक मार्फत् रोजगारउन्मुख क्रियाकलाप सञ्चालन गरिनेछ ।
  • सामुदायिक अध्ययन केन्द्रलाई सक्रिय बनाइनेछ ।
  • आगामी आ.व.मा प्राविधिक शिक्षा प्रर्वद्धन गर्न गाउँपालिका भित्र नै प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
  • गाउँपालिका भित्र बहुमुखी क्याम्पस संचालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।
  • एक विद्यालय एक नर्स कार्यक्रम निरञ्जना मा.वि.मा चलिरहेको साथै आगामी आ.व.मा यस गाउँपालिका भित्रका अन्य माध्यमिक तहका विद्यालयमा पनि एक विद्यालय एक नर्स कार्यक्रम अगाडी बढाईनेछ ।
  • विद्यालयमा विद्यार्थीको संख्या र आवश्यक शिक्षक संख्या हेरी दरबन्दी मिलानको कार्यक्रम अगाडी बढाइनेछ ।
  • सम्पूर्ण गाउँपालिका भित्रका विद्यालयमा आगामी आ.व. ०७७/०७८ सम्म वास सहितको अपाङ्गमैत्री शौचालय निर्माण गरिनेछ । साथै सम्पूर्ण विद्यालयलाई अपाङ्गमैत्री/बालमैत्री बनाइनेछ ।
  • गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा MGML कार्यक्रम लागु गरिनेछ ।
  • सम्पूर्ण विद्यालयहरुलाई प्रविधिमैत्री बनाई सिकाईको वैकल्पिक उपाय खोजी गरिनेछ । मातृभाषा शिक्षालाई जोड दिइनेछ ।
  • गाउँपालिकाको खेलकुद विकास गर्न प्रत्येक वडामा रहेको खेलमैदानको स्तरोन्नती गर्ने साथै खेलकुद प्रशिक्षकको पनि वयवस्था गर्ने नीति अबलम्बन गरेकोछ ।
  • खेलकुद विकासका लागि अध्यक्ष कार्यक्रम संचालन गरिने नीति लिएको छु । यस अन्तर्गत आगामी आ.व.मा गाउँपालिका भित्रको खेलकुद विकासको लागि घुम्ति प्रशिक्षकको व्यवस्थापन गरिनेछ ।
  • विद्यालयका प्र.अ.सँग कार्य सम्पादन करार सम्झौता गरी शैक्षिक गुणस्तर सुधार्न जोड दिईनेछ ।
  • स्वास्थ्य सम्बन्धी नीति :
  • विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनेछ । प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रयाप्त मात्रामा उपलब्ध गराईनेछ ।
  • स्वास्थ्य विमा कार्यक्रमलााई निरन्तरता दिदै यस आ.व.मा नेत्रावती डबजोङ गाउँपालिकाका सम्पूर्ण नागरिकलाई स्वास्थ्य विमा गराईनेछ ।
  • कोरोना महामारीबाट बचाउन यस गाउँपालिका विभिन्न स्थानमा यस सँग सम्बन्धित नाटकहरु प्रस्तुत गरिनेछ ।
  • एक घर दुई डस्टबिन नीति लिई फोहोर मैला व्यवस्थापन लागि यस आ.व.मा फोहोर बोक्न ट्याक्टर खरिद गरिएको र Land fill Side तोकि सकेको अवस्थामा आगामि आ.व. २०७७/०७८ देखि प्रत्येक घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोरमा विभाजन गरि गाउँपालिकाले फोहोर व्यवस्थापन गरिनेछ ।
  • फोहोरबाट मोहर भन्ने भनाई सार्थक तुल्याउन नागरिकले व्यवस्थित रुपमा तोकिएको डस्टविनमा राखिएको फोहोरबाट आय प्राप्त गर्न सक्ने गरी कार्यक्रम संचालन गरिनेछ । जसका लागि व्यवस्थित रुपमा Land fill Side भएका स्थानको स्थलगत अवलोकन गरी नमुना अनुकरण गरिनेछ ।
  • गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा सम्पुर्ण नागरीकहरुको पहुँचमा पु¥याउने नीति लिएको छु । महिला स्वास्थ्य स्वयं सेविका, गाउँघर क्लिनिक, खोप क्लिनिक, आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार सुदिृढिकरण, औजार उपकरण औषधिको व्यवस्था, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्घि, दक्षस्वास्थ्यकर्मी व्यवस्था, स्वास्थ्यकर्मीहरुलाई पुरस्कार तथा उत्प्रेरणको व्यवस्था, स्वास्थ्यमा सुचनासंचार प्रणालीको व्यवस्था लगायत विभिन्न स्वास्थ्य कार्यक्रम संचालन गरीनेछ ।
  • Zero Home Delivery अर्थात पुर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने नीति लिएको छु । यसका लागि हाल स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरहरुको भौतिक पुर्वाधार सुदिृढिकरण, औजार उपकरण तथा आवश्यक मात्रामा औषधिको उपलब्धता गराईनेछ ।
  • यस गाउँपालिका भित्र रहेका प्रत्येक स्वास्थ्य चौकीहरुमा एक÷एक वटा विरामी कुरुवा घर निर्माण गरिनेछ ।
  • प्रत्येक खानेपानीको मुलको पानी वर्षको दुई पटक पानीको गुणस्तर जाँच गरी सबै गाउँबासीहरुलाई पानीको गुणस्तरबारे चेतनामुलक कार्यक्रम सञ्चालन गरिन्छ ।
  • यस गाउँपालिका भित्रका गरिब, असहाय, विपन्न, अशक्त तथा ज्येष्ठ नागरिकहरुको लागि घुम्ति स्वास्थ्य शिविर संचालन गरिनेछ ।
  • आ.व. ०७६।७७ देखि गर्भवती महिलाहरु घरमा शुन्य सुत्केरी : गाउँपालिका घोषणाको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिएकोमा यस कायक्रमलाई निरन्तरता दिईनेछ ।
  • सडक नाटक कार्यक्रम मार्फत महिला हिंसा, लागु पदार्थ दुव्र्यशनी, मानव वेचविखन, लैंगिक हिंसा, एच.आई.भि. एड्स, टिभि रोग नियन्त्रण, नसर्ने रोगको चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • ल्याव सेवालाई व्यवस्थित गरी गाउँपालिका बासीहरुको प्रयोगशाला जाँच कार्यक्रमलाई अगाडि बढाईनेछ ।
  • गर्भवती तथा सुत्केरी महिला र हजार दिनका बालबालिकाको लागि पोषण कार्यक्रम थालनी गरिनेछ ।
  • पूर्ण सरसफाई कार्यक्रम अन्र्तगत एक घर एक धारा, एक घर एक शौचालय, एक घर एक सुधारिएको चुलो, एक घर एक रक्षान, एक घर दुई डस्टबिनको कार्यक्रमलाई अगाडि बढाईनेछ ।
  • आगामी तीन बर्षभित्र गाउँपालिकालाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गरिनेछ । सोको लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • जटिल रोग लागेका विरामीहरुलाई दिदै आएको आर्थिक सहायता निरन्तरता दिईनेछ ।
  • कोभिड–१९ बाट विचलित नागरिकलाई उत्प्रेरणा गर्न मनोसामाजिक परामर्श कार्यक्रम संचालन गरिनेछ ।
  • लक्षित वर्ग (महिला, बालबालिका तथा अन्य)
  • योजना तर्जुमा, कार्यान्वयन तथा नीति निर्माणमा महिला, एकल महिला, दलित, जनजाती, बालबालिका, अपाङ, अल्पसङ्ख्यकको अर्थपूर्ण सहभागिता गराउने नीति लिईनेछ । समावेशीकरणको लागि क्षमता विकास कार्यक्रम र पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेको छु ।
  • बालबिवाह, घरेलु हिंसा, लैङ्गिक हिंसा, तथा बालश्रम न्यूनिकरण गर्न आवश्यक कार्यक्रम ल्याईनेछ ।
  • सहिद परिवारसँग स्थानीय सरकार नीति अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएको जनयुद्ध तथा विभिन्न जनआन्दोलनमा सहादत प्राप्त सहिद परिवारको व्यक्ति तथा घाईते÷अपाङ्गहरुको क्षमता विकासका लागि आयमूलक तालिम संचालन गरिनेछ ।
  • विपन्न तथा पिछडिएका वर्गका महिलाहरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • बालमैत्री स्थानीय शासनको अवधारणालाई संस्थागत विकास गर्ने नीति लिईने छ ।
  • बाल क्लब गठनलाई प्राथमिकता दिई बाल सञ्जाल एवं बालबालिकाको क्षमता विकास सम्बन्धी कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरि बालमैत्री गाउँ तुल्याउने नीति अंगीकार गरिने छ ।
  • अपांगता भएका व्यक्तिहरुको सम्पर्क हुने सबै भौतिक संरचनालाई अपांगमैत्री बनाउदै लगिनेछ ।
  • दलित एवं पछाडि परेको वर्गको हक अधिकारको प्रवद्र्धन एवं निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्दै सशक्तिकरण, क्षमता विकास सीप विकस एवं चेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
  • महिला विरुद्ध हुने विभिन्न किसिमका हिसां नियन्त्रण र विभेद अन्त्य गर्ने नीति लिइनेछ । घरेलु हिंसा निरुपण, बहुविवाह, बालविवाह उन्मुलन, महिला हिंसा र महिला अधिकार सम्वन्धी विशेष कार्यक्रम संचालन गरिनेछ ।
  • लैङ्गिक समानता तथा सार्थक सामाजिक समावेशीकरणमा जोड दिइनेछ ।
  • महिलाहरुलाई व्यवसायीक तालिम दिई व्यवसाय संचालनतर्फ प्रेरित गराउने नीति लिइनेछ ।
  • एकल तथा विपन्न महिलाहरुको जीवनस्तर सुधार्नको लागि विभिन्न सीप तथा आयमूलक कार्यक्रमहरु संचालनमा बिशेष जोड दिईनेछ ।
  • महिला, अशक्त, असहाय, बृद्ध, विपन्न वर्गको कानुनी परामर्शका लागि कानुनी परामर्श डेस्क संचालन गर्ने तर्फ विशेष ध्यान दिईनेछ । किशोरी तथा गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम संचालनमा ल्याउने व्यवस्था गरेको छु ।
  • अपाङ्गमैत्री स्वरोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • निर्माण हुने भवन लगायत भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाइनेछ ।
  • अपाङ्ग व्यक्तिहरुको सेवाका क्षेत्रमा पहँुच विस्तार गरिनेछ ।
  • अपाङ्ग लक्षित क्षमता विकास तथा सीप विकास सम्बन्धी कार्यहरु समन्वयात्मक रुपमा गरिनेछ ।
  • आदिवासी, जनजाति समुदायको भेषभूषा, कला, साहित्य, भाषा एवं संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि विशेष पहल गरिनेछ ।
  • पिछडिएको वर्गको उत्थानको लागि सीपमूलक, रोजगारमूलक तथा आयमूलक कार्यक्रम सञ्चालनमा जोड दिइनेछ ।
  • समुदाय सहकारी मार्फत दलित वर्गको परम्परागत सीप तथा दक्षताको आधुनिकिकरण तथा व्यवसायिकरण गर्ने तर्फ पहल गरिने छ ।
  • छुवाछुत तथा भेदभाव उन्मूलनको लागि प्रभावकारी कार्यक्रम ल्याईनेछ ।
  • गरीवसँग गाउँसरकार कार्यक्रम संचालन गरी अति गरिवीमा रहेका घर परिवारलाई विभिन्न सहुलियतका कार्यक्रमहरु मार्फत विकास प्रयासमा मूलप्रवाहिकरण गरिने छ ।
  • कोरोना महामारीको कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवा युवतीहरुको लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
  • घ) खानेपानी तथा सिंचाई :
  • गाउँपालिका भित्र खानेपानीको मुहान विवाद गर्न नपाईने तथा मुहान दर्ता गर्न नपर्ने नीति लिईएको छ । खानेपानीको अभावलाई मुक्त गर्न आवश्यक व्यवस्था गरिनेछ । खानेपानीको समस्या समाधान गर्न मिटर जडित एक घर एक धारा प्रणालीलाई अवलम्वन गरी खानेपानीको वितरणलाई सहज बनाईनेछ ।
  • एक घर एक धारा नीति अन्तगत आगामी आ.व.सम्ममा बाँकी रहेका घरमा पनि धारा निर्माण गरि गाउँपालिकाका सम्पूर्ण नागरिकमा स्वच्छ खानेपानिको पहुँच पु¥याइने छ ।
  • बृहत खानेपानी तथा सिंचाई आयोजना संचालनका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अगाडी बढिनेछ ।
  • ठुला खानेपानी तथा सिंचाई आयोजनाको अतिरिक्त तत्कालको लागि समस्या समाधान गर्न गाउँपालिका स्तरीय साना आयोजना पनि अगाडी बढाउने नीति लिएको छु ।
  • तीन तीन महिनामा खानेपानीको जाँच गरी नागरिकको स्वच्छ पिउने पानीको अधिकारको सुनिश्चित गरिनेछ ।
  • ङ) पर्यटन क्षेत्र :
  • पर्यटकीय हव बनाउने उद्धश्य सहित गाउँपालिकाको पर्यटकीय स्थल वाकाराहा नजिक Home Stay संचालनमा ल्याउने छ र Home Stay प्रर्वद्धनका निमित्त स्थानीय नागरिक तथा युवाहरुलाई सक्रिय बनाईनेछ ।
  • तामाङ तथा नेवार संस्कृतिको प्रवद्र्धन गर्वको लागि प्रदेश सरकारसँग समन्वय गरि गाउँपालिका भित्र तामाङ तथा नेवार संग्रहालय बनाई गाउँपालिकाको पुरात्वात्तिक सम्पदा लगायत पुराना परम्परा झल्काउने सबै पक्षको संरक्षण र सर्वेक्षण गरिनेछ ।
  • आगामी आ.व.मा संघीय सरकारसँग साझेदारी गरी निर्माण कार्य अगाडी बढाईनेछ ।
  • पर्यटन पबद्र्धन गर्न पर्यटन सम्मेलन गरी यस ठाउँको सम्भावनालाई प्रचारप्रसार गरिनेछ ।यसले कोरोना भाईरसको कारण थिलोथिलो भएको पर्यटन ब्याबसायलाई केहि हदसम्म माथि उकास्न सहयोग पु¥याउँछ र पर्यटकको संख्यामा बृद्धि हुनेछ ।
  • पर्यटन विकासका लागि सूचना, सुविधा र सुरक्षाको अवधारणालाई अवलम्बन गरि अगाडी बढिनेछ ।
  • ऐतिहासिक पुरातात्विक महत्वको मठ मन्दिर, गुम्बा, पार्टी पौवाको संरक्षण र संवद्र्धन गरिनेछ । बौद्ध शिक्षा शिविर सञ्चालन गरिनेछ । डबजोङ दरवार संरक्षणको लागि पुरातात्विक विभागसँग समन्वय गरी आवश्यक व्यवस्था गरिनेछ ।
  • च) वातावरण तथा विपद व्यवस्थापन :
  • विकास कार्यहरु संचालन गर्दा दिगो विकासको अवधारणा अनुरोध वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
  • प्रत्येक वडामा एक÷एक वटा समिति निर्माण गरी वन तथा वातावरण संरक्षणका निम्ति परिचालन गरिनेछ ।साथै वन्यजन्तु तथा चराचुरुङ्गीको चोरी सिकारी नियन्त्रण गरिनेछ ।
  • वातावरणलाई व्यापक क्षती पु¥याउने खहरे खोलाहरुको नियन्त्रण कार्यलाई निरन्तरता दिईनेछ ।
  • बाढी पहिरो तथा भुक्षय नियन्त्रणका लागि प्रदान गर्दै आएको तारजाली वितरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • बाढी नियन्त्रणको लागि जोखिमयुक्त ठाउँमा विरुवा रोप्ने कार्यक्रम तय गरिनेछ । त्यसै गरी बाढी पहिरो हुने भुक्षय नियन्त्रण गर्न र जोखिमयूक्त बस्तीमा नदि खोला नियन्त्रणको लागि आवश्यक तटबन्ध निर्माण कार्यलाई प्राथमिकतामा राखेको छु ।
  • मानव तथा प्राकृतिक सिर्जित प्रकोपलाई मध्यनजर गर्दै विपद व्यवस्थापन पूर्व तयारी अभिमुखीकरण कार्यक्रम स्थानीय विपद व्यवस्थापन समितिलाई क्रियाशिल तथा प्रकोप भण्डारण सामग्रीको व्यवस्थापन गरिनेछ । प्रकोप पिडीतलाई उद्धार, राहत कार्यक्रम तथा पुनः स्थापना निमित्त कोषबाट खर्च व्यहोरिनेछ ।
  • आगलागी, बाढी, भुकम्प, महामारी जस्ता प्रकोपको क्षति न्यूनीकरण गर्न र प्रकोपको अवस्थामा उद्धार राहत तथा पुनस्थापना जस्ता कार्यहरु गर्न प्रकोप व्यवस्थापन योजना बनाई सरोकारवाला निकायर समुदायसँग सहकार्य गरी अगाडी बढिनेछ ।
  • वातावरण तथा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिइनेछ । वनको बैज्ञानिक व्यवस्थापन गरी वनलाई आम्दानीको श्रोतको रुपमा विकास गर्न आवश्यक व्यवस्था गरिनेछ । साथै वन क्षेत्रको संरक्षणको लागि एक वडा एक नमूना सामुदायिक वन निर्माण कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
  • वातावरणीय पर्यावरणमा असन्तुलन भई वन समेत क्षति हुने भएकोले खोटो संकलन कार्यलाई निरुत्साहित गर्ने व्यवस्था मिलाउने नीति लिएको छु ।
  • छ) सूचना प्रविधि, संस्थागत सेवा प्रवाह र सुशासन :
  • गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट दिईने सम्पूर्ण सेवाहरुलाई छिटो छरितो, भरपर्दो, गुणस्तरीय एवं नागरिक मैत्री बनाईनेछ । सेवालाई सूचना प्रविधि मैत्री बनाई विद्युतीय शासनको अवधारणा लागू गर्ने नीति लिएको छु । कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरी दक्ष बनाइनेछ ।
  • गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरु एवं विषयगत निकायका कर्मचारीको क्षमता विकास गर्न विभिन्न खाले तालीम एवं सीप विकास सम्बन्धी गोष्ठीहरु आयोजना गर्ने एवं अन्य निकायसँग समन्वय गर्ने निती लिएकोछु ।
  • सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी एवं व्यवस्थित गरिनेछ । बैकिङ्ग सुविधा विस्तार नहुदाँसम्म प्रत्येक घरमा भत्ता वितरण कार्यक्रम लागु गरिनेछ भने बैकिङ्ग सेवा विस्तार पछि सुरक्षा भत्ता वितरण बैंक खाता मार्फत गर्ने व्यवस्था मिलाउन आवश्यक नीति लिएको छु ।
  • सूचना प्रविधिमैत्री गाउँ निर्माणको नीति अवलम्बन गरिएकोछ । नेत्रावती डबजोङ गाउँपालिकाका सम्पूर्ण क्षेत्र भित्र संचार सेवाको विस्तार गरिनेछ । मोवाईल एवं ईन्टरनेट सेवाको विस्तारको लागि आवश्यक पहल भईसकेकोछ । यसै आ.व. भित्र यी सेवाको विस्तार गर्न आवश्यक कार्य अघि बढाउने छु ।
  • आगामी आ.व. २०७७/०७८ मा व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्नको लागि चरणवद्ध रुपमा २ वटा वडामा शुरुवात गरिनेछ ।
  • गाउँपालिकाबाट सम्पादित गतिविधिको आम नागरिकलाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाईलाई निरन्तरता दिइनेछ । नागरिकका गुनासो सम्बोधन गर्न गुनासो पेटिका सबै कार्यालयमा राखिनेछ । वडा तथा गाउँपालिका सूचना प्रविधिमैत्री बनाइनेछ ।
  • अन्य :
  • गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण उद्योग व्यवसायलाई दर्ता गराई करको दायरामा ल्याईनेछ । कालोबजारी, कार्टेलिङ र सिन्डिकेटको विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरिनेछ ।
  • कर्मचारीको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिनेछ । कर्मचारीको कार्य सम्पादन मूल्यांकनको आधारमा निजले सम्पादन गर्नु पर्ने दायित्व मासिक, चौमासिक प्रगति प्रतिवेदन, नियमितता, पारदर्शिता, औचित्यता कार्यदक्षता बमोजिम दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।
  • गुनासो व्यवस्थापनलाई चुस्त दुरुस्त बनाईनेछ । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्न कम्तीमा महिनाको एकपटक जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिनेछ ।
  • न्यायिक समितिको काम कारवाहीलाई जनमुखी बनाईनेछ । प्रत्येक वडामा मेलमिलापकर्ता मार्फत विवाद समाधान गरिनेछ । जसका लागि मेलमिलाप तालिम संचालन गरिनेछ ।
  • गैह्रसरकारी संस्थाको आफुखुसी कार्यक्रम गर्ने पद्धतिलाई अन्त्य गरी आवश्यकतामा आधारित कार्यक्रमलाई गाउँसभाबाट स्वीकृत गरेर मात्र काम गर्न दिईनेछ । गैह्रसरकारी संस्थाको कामकारवाहीको अनुगमन गरी पारदर्शी बनाईनेछ ।
  • सर्वसाधारण जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने कमसल खालको मदिराजन्य पदार्थको विक्रिवितरणलाई नियन्त्रण गरिनेछ ।
  • श्रम बैंकको स्थापना गरी युवाहरुलाई सक्रिय रुपमा गाउँपालिका भित्रको विकास निर्माण कार्यमा परिचालन गरिनेछ ।
  • राजश्वको दायरा, प्रक्षेपण तथा पारदर्शिता, औचित्यता, नियमितता र गत वर्षको आयलाई मध्यनजर गर्दा व्यवसाय दर्ता र घर जग्गा मूल्याङ्कन सिफारिस गाउँपालिकामा अधिकार केन्द्रित गरिनेछ ।

अन्त्यमा :
अघिल्ला आ.व.हरुमा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरु पुरा नभएसम्म निरन्तरता दिने प्रतिवद्धता जनाउदै यस गाउँपालिकाको बजेट निर्माण, नीति कार्यक्रम र निर्णय कार्यन्वयन प्रक्रियामा सहयोग पु¥याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

दुर्ग कुमार शाक्य
अध्यक्ष

x