
धादिङ असार १० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ११ जना, नीलकण्ठ नगरपालिकाका १ र सिद्धलेक गाउँपालिकाका १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै धादिङमा संक्रमितको संख्या १ सय १४ पुगेको छ ।
पछिल्लो पटक पुष्टि भएका १३ जना संक्रमितहरु सबै छिमेकी मूलुक भारतबाट फर्कि क्वारेन्टिनमा बस्दै आएको स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य संयोजक भुवन पौडेलले बताएका छन् ।
यो सँगै धादिङ संक्रमित हुनेको संख्या नीलकण्ठ नगरपालिकामा ६० जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, नेत्रावती डब्जोङ, उँपालिकामा १ जना, गल्छी गाउँपालिकामा १ जना, थाँक्रे गाउँपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा १ जना, गजुरी गाउँपालिकामा १ जना छन् ।
यस मध्य नीलकण्ठको १७ जना नेत्रावती डब्जोङ गाउँपालिकाको एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी कोरोना संक्रमित एक महिला गरी २२ जना निको भएर फर्किसकेका छन् ।

