
धादिङ असार ७ । आजैकाे दिन हाे, धादिङ र नुवाकोटले क्रान्तिकारी आन्दोलनको उदाउँदा तारा गुमाएको दिन ।
आजको ठिक १८ वर्ष अगाडी आसर ७ गते धादिङ नीलकण्ठ स्थित खाल्टेका डम्बर बहादुर श्रेष्ठ (ज्वाला) नुवाकोटका रवि बोगटी (अनन्त) र बिमल घलेले सहादत प्राप्त गरेको दिन ।
जनयुद्धलाई लिपिवद्ध गर्ने गरि तात्कालिन नेकपा माओवादीले धादिङको प्रकाशन आँखु सन्देशको प्रकाशनकाे तयारी गरि रहेका डम्बर श्रेष्ठ र रवि बाेगटी लागि रहेका थिए ।
बिजुली र कम्प्युटरको ब्यवस्थ सत्यदेवि बच्छलमा थियो दुबैजना प्रकाशनको काम गर्न वच्छलामा ब्यस्त थिए । वर्षाकाे समय राति नै सेना स्थानीय सुराकीको माध्यमबाट सत्यदेबी प्रवेश गरेर मकैबारीमा लुकेर बसेर बच्छ्लाको रिपोर्ट लिएर बिहानको ८–९ बाजे तिर सबै तिर सत्यदेबीको बच्छ्ला सबै घेराबन्दी गरेर डम्बर र रविलाई प्रकाशनको सामग्री सहित कब्जामा लिएकाे थियाे भने त्यसै बेला कलाकार टिम कमाण्डर बिमल काठमाडौंमा चलिरहेको सार्क राष्ट्रहरुको खेलकुद प्रत्यक्ष प्रसारण हेर्न बच्छ्ला बजारमा थिए । घेराबन्दी गरेको सेना देख्नासाथ भाग्न खोज्दा पक्राउ परे ।
गिरफ्तार पछि तिनै जनालाई क्रुर आमनबिय यातना दिदै सेनाले बच्छला स्कुलमा लगि, अत्मसमर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि नमानेपछि अन्ततः चरम क्रूर यातना दिएर असार ७ गते दिउँसो १२ बजे स्कुल जस्तो ठाउँमा छात्तीमा गोली हानेर हत्या गरेर शवलाई स्कुल पछ्डीको जंगलमा घिसार्दै लगेर छोपछाप गरेर छोडेकाे थियाे ।

यी तीन जना सहिदहरुलाई स्मरण गर्दै जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाजले सामाजिकदुरी कायम गर्दै आज १८ औं स्मृति दिवस मनाउने भएकाे छ ।
यी महान सहिद प्रति पूर्व जनमुक्ति सेना नेपालका जितेन्द्र तामाङ उक्त घटनालाई यसरी स्मरण गर्दछन् ।
आज आसर ७ गते नेपाल धादिङ र नुवाकोटले क्रान्तिकारी आन्दोलनको उदाउँदा तारा गुमाएको दिन आजको ठिक १७ वर्ष अगाडी आसर ७ गते धादिङ नीलकण्ठ स्थित खाल्टे र नुवाकोटका रवि बोगटी, बिमल घलेले सहादत प्राप्त गरेको दिन । पूर्व जनमुक्ति सेना नेपालका जितेन्द्र तामाङ यो स्मृति दिवसलाई सम्झँदै स्मरण गर्दछन्ः

आसर ७ गते रातीको सेल्टर सत्यदेबीको राकचोकबाट बिहान उठेर कामको आधारमा हामी बिकेन्द्रीत भयौं । संभावित तात्कालिन शाही सेनाको आप्रेसनको पूर्व जानकारी थियो ।
धादिङबेसीबाट उत्तरी धादिङ क्षेत्रमा प्रवेश गर्ने नाकामा एम्बुसको लागि म लगायत केहि साथीहरु लाग्यौं । केही साथीहरु किम्ताङफेदी र म मार्पाक तिर लागे ।
जिल्लाको प्रकाशन आँखु सन्देश पत्रिकाको तयरीमा कमरेड अनन्त र डम्बर लाग्नु भयो । कलाकार टिम बर्सुङ्चेत तिर थिए । हामीलाई झुक्याएर सेनाले मुभ नुवाकोटबाट प्रवेस गरेछ ।
हाम्रो अनुमान यो टोली धादिङ प्रवेश गर्दैनन् होला भन्ने थियो । LRP (लाङ रेन्ज पट्रोल) जस्तो थिएन SRP (सर्ट रेन्ज पट्रोल) खालको देखिन्थ्यो । त्यसो हुँदा किम्ताङबाट नै फर्कन्छ भन्ने अनुमान भयो ।
कमरेड अनन्त र डम्बरलाई सेनाको मुभ राम्रो जानकारी भएन छ । बिजुली र कम्प्युटरको ब्यवस्था बच्छलामा थियो दुबैजना प्रकाशनको काममा ब्यस्त थिए ।
वर्षाको समय राति नै सेना स्थानीय सुराकीको माध्यमबाट सत्यदेबी प्रवेश गरेर मकैबारीमा लुकेर बसेर बच्छ्लाको रिपोर्ट लिएर बिहानको ८–९ बाजे तिर सबै तिर सत्यदेबीको बच्छ्ला सबै घेराबन्दी गरेर कमरेड अनन्त र डम्बरलाई प्रकाशनको सामग्री सहित कब्जामा लिएछ ।
त्यसैबेला कलाकार टिम कमाण्डर बिमल काठमाडौंमा चलिरहेको सार्क राष्ट्रहरुको खेलकुद प्रत्यक्ष प्रसारण हेर्न बच्छ्ला बजारमा पुग्नु भएछ । घेराबन्दी गरेको सेना देख्नासाथ उहाँ भाग्न खोज्दा खुट्टामा गोली लागेछ र तातकालिन हत्यारा शाही सेना मुर्दावाद ने क पा (माओवादी) जिन्दावाद भन्दै नारा लगाउनु भएछ । त्यसपछि उहाँलाई पनि नियन्त्रणमा लिएर बर्बरता पुर्वक यातना दिन थालेछ । बिहानको १०–११ बजे तिर खबर प्राप्त भयो ।
हामीलाई निक्कै चिन्ता भयो । गिरफ्तार पछि तिनै जनालाई क्रुर आमनबिय यातना दिदै बच्छला स्कुलमा लगेछ, अत्म समर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि उहाँ तिनै जनाले मान्नु भएनछ र अन्ततः चरम क्रूर यातना दिएर दिउँसो १२ बजे तिर स्कुल जस्तो ठाउँमा छात्तीमा गोली हानेर हत्या गरेर शवलाई स्कुल पछाडीको जंगलमा घिसर्दै लगेर अलि अलि छोपछाप गरेर छोडेछ ।
३ क्रान्तिकारी योद्धा, जनाताको सिपाहीहरुको हत्या पछि नरभक्षी हत्यारा शाही सेनाको जत्था फर्किए पछि हामी पुगेर हँसिया हथौड़ा अंकित झन्डा ओढाएर विधि पुर्बक ३ योद्धाहरुको अन्तिम बिदाइ गरियो ।
निशस्त्र ब्यक्तिहरुलाई कब्जामा लिएर क्रुर याताना र हत्या गरेर जेनेभा महासन्धिको युद्ध बन्दीको नियमलाई खिल्ली उडाउनेमा नेपालको सैनिक र प्रहरी निक्कै चर्चित पनि छ ।
कमरेड अनन्त (रबि बोगटी) तत्कालीन माओवादीको उच्च स्तरीय नेता पोष्ट बहादुर बोगटीको एकमात्र छोरा हुनुहुन्थ्यो । क्रान्तिकारी पृष्ठभूमिमा हुर्किएको रबि सच्चै रबि हुनुहुन्थ्यो । अखिल क्रान्तिकारी विद्यार्थीको नुवाकोट जिल्ला अध्यक्ष हुदै विभिन्न संघर्ष, जेल, नेल, हिरासत हुँदै माओवादी पार्टीको पुर्णकालिन हुनु भएको थियो ।
विद्यार्थीको जिल्ला अध्यक्ष हुने बेला देखि नै हामी परिचीत थियौ । पुर्णकालिन पछि जनासेनाको फर्मेशनमा लामो समय बिताउनु भएका कमरेड अनन्तले धादिङको दार्खा इलाका प्रहरी कार्यालय रेड, तनहुँको भिरकोट, नुवाकोटको सामरी, तारुक चौकी आक्रमण र खरानीटार बैंक जस्ता थुप्रै फौजी कार्वाहीकाे महत्त्वपूर्ण अग्रभागमा रहेर भुमिका निर्वाह गर्नुभएको थियो ।
०५८ सालको संकटकाल पछि पार्टी संगठनको अवश्यकताले उहाँलाई संगठनमा जिम्मेवारी दिएको थियो । धेरै लामो समय संगठन र सैन्य दुबै क्षेत्रमा संगै रह्यो । कमरेड अनन्त संघर्षसिल खारिएको योद्धा, बिचारमा प्रतिबद्ध, संगठनमा कुशल, कार्यशैलीमा बिबेकसिल, फौजी रूपमा अब्बल लडाकु, जना सम्बन्धमा सेवक हुनुहुन्थ्यो ।
कमरेड बिमल घले (प्रज्ञा) नुवाकोट, बर्सुङ्चेतमा जन्मिनु भएका एक क्रान्तिकारी योद्धा जनताको प्रिय जना कलाकार तथा भलिबलको राम्रो खेलाडी हुनुहुन्थ्यो । सुमधुर स्वरको धनी जस्को स्वर,आवाजले स्कुल जीवनबाटै हामीलाई क्रान्ति प्रति प्रेरित गराउँद थियो र सामन्ती निरंकुश सत्ताको ज्यादती, अत्याचार बारेमा बस्ती बस्तीमा सचेतना जगायो ।
कलाकार तथा माओवादी नेता माईला लामाको प्रभाव र शिक्षक तथा माओवादी समर्थक वीर बहादुर घलेको प्रेरणाले क्रान्तिकारी बन्नुभएको कमरेड बिमल अत्यन्तै मिलनसार, इमन्दार, धैर्यबन योद्धा हुनुहुन्थ्यो । लाहुरे परिवार र समाजमा हुर्किनु भएका कमरेड बिमल जागीर, लहुरे, बुर्जुवा कलाकार र खेलडीलाई तिलन्जली दिंदै जनायुद्धको सुरुवातकाल देखि नै देउरालीबाट वीर बहादुर तामाङ, गजेन्द्र तामाङ, टेकमान तामाङ, म्यागङको वीर बहादुर घले, रुपेश घले, लगायतको सँस्कृतिक टिममा उहाँ आबद्ध हुनुहुन्थ्यो ।
संकटकालको पछि उहाँ धादिङ, नुवाकोटको जना कलाकार टिमको कमण्डर हुनुहुन्थ्यो । कमरेड बिमल सँगको सहकार्यको अनगिन्ती क्षणहरु छ्न् । देउराली, म्यागङ्ग, किम्ताङ्ग, बर्सुङ्चेत देखि धादिङको दुर्गम गाउँ बस्तीहरु संग संगै हेडेका क्षणहरु अझै पनि मेरो दिमागमा तजा भएर गुन्जीरहेको छ ।
बिद्रोही तथा सहिद गाउँ भनेर चिनिने धादिङको खाल्टेमा शिक्षण पेशा संगै सामाजिक अगुवा, कम्युनिस्ट लिडरको रूपमा परिचीत एक क्रान्तिकारी योद्धा कमरेड डम्बर श्रेष्ठ हुनुहुन्थ्यो । उहाँको प्रेरणादायी नेतृत्वमा थुप्रै क्रान्तिकारी योद्धाहरु जन्मेका थिए ।
खाल्टे गाउँबाट मात्रै जनायुद्धमा धेरै जना योद्धाहरुले जीवन बलिदान गर्नु भएको छ । कमरेड डम्बर, दिनेश, पर्बत, सबिना, प्रदुन, मुना, प्रज्वलले बलिदान भएको छ । नुवाकोटको तारुका चौकी रेडको तयारी हुँदै गर्दा प्राविधिक सामानहरु कमरेड डम्बरको घरमा अन्तैबाट पोष्ट भएर अएको रहेछ त्यही सामान लिना जाँदा पहिलो पटक कमरेड डम्बर संग उहाँकै घरमा भेट भएको थियो ।
उहाँको श्रीमती कमरेड लक्ष्मीले हाम्रो टोलिलाई खाना बनाएर खुवाएको अझै सम्झना छ । त्यस पछि संकटकाल र शाही सैनिक दमनको विरुद्ध उहाँ पुर्णकालिन भएर क्रान्तिको निम्ति समाहित हुनुभयो । उहाँको पार्टी र क्रान्ति प्रतिको लगाब, मिहिनेत, इमान्दारीत, प्रतीभा अनुसार पार्टीको मुखपत्र आँखु सन्देश प्रकाशनको जिम्मेवारी दिएको थियो ।
पार्टी र क्रान्तिको निम्ति, देशमा आमूल परिवर्तन गरि शोषित, पीडित आम श्रमजीवी वर्गको मुक्तिको खातिर आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर अमुल्य जीवन कुर्वानी गर्नुहुने महान सहिद कमरेड रबि बोगटी (अनन्त) कमरेड बिमल घले (प्रज्ञा) र कमरेड डम्बर श्रेष्ठ सदा अमर रहुन । आज १८ औं बार्षिक स्मृतिको अवसरमा पुन: हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

