हाइकु

Avatar photo
Dhadingpost
असार ५, २०७७

(१)
विक्षिप्त कथा
अनिश्चित भविस्य
संत्रास व्यथा
(२)
प्रकृति रुँदै
प्रताडित मानव
जगेर्ना गरौं
(३)
वेदना भिन्दै
महामारी अनौठो
सचेत धैर्य
(४)
भविस्य खोज्दै
बाटो क्षतबिक्षत
अघोरी मान्छे
(५)
अचेत मन
आँसु छ गहभरी
हाँस्ने कि रुँने
(६)
विकृत सोंच
सकारात्मक मार्ग
रक्षा देहको


……………………………………….
५ आषाढ २०७७