
धादिङबेसी असार ३ । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारी साधानलाई जोर- बिजोरका आधारमा जेष्ठ ३० गतेबाट संचालन गर्न दिए सँगै, धादिङमा पनि प्रहरीले कडाई सुरु गरेको छ ।
धादिङका विभिन्न ठाउँहरुमा प्रहरीले चेकिङ गरि आफ्नो पालोमा मात्र निजी सवारी साधान चलाउन आग्रह गरि रहेको छ, भने पालो नपरेको सवाी साधनलाई रोक्न सुरु गरेको छ ।
धादिङमा आज बुधबार विजोर नम्बरका सवारी साधनहरुलाई चल्न दिएको र भोली जोर नम्बरका निजी सवारी साधनहरुलाई चल्न दिईने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।
सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालकमात्र रहनेगरी चलाउन दिने भनेपछि जोरबिजोर लागु नहुने हो कि भन्ने बुझाइ देखिएको थियो तर धादिङमा भने मोटर साईकललाई पनि प्रहरीले निगरानी गर्दै पालोमा नपरेकालाई रोक्ने गरेको छ ।

