गल्छीमा युवाहरुको शान्तिपूर्ण प्रदर्शन

Avatar photo
Dhadingpost
असार १, २०७७

धादिङ असार १ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण कार्यमा सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै धादिङको गल्छीमा युवाहरुले स्वतः स्फूर्त प्रदर्शन गरेका छन् ।

सामाजिक संजाल मार्फत आव्हान गरि काठमाडौबाट सुरु भएको युवाहरुको शान्तिपुर्ण प्रर्दशन देशव्यापी बन्दै गए सँगै धादिङको गल्छी चोकमा समेत युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

गल्छीमा सरकार विरुद्ध प्रदर्शन गर्दै युवाहरुले हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई सचेत गराएका थिए ।

धादिङबेसीका युवाहरुले पनि आइतबार जिल्ला प्रशासन कार्यालय धादिङको गेट अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर करिब ४५ मिनेट सम्म सरकार विरुद्ध शान्ति पूर्ण विरोध गरेका थिए ।

नीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, असुरक्षित क्वारेन्टिन बन्द गर’ पीसीआर चाहियो’, भोकले भन्दा रोगले मर्ने धेरै भयो, धामी झाँक्री बढि भोे, अबको आर्थिक योजना के छ सरकार’ ?नयाँ नक्साको लागि धन्यवाद सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जिउधनको सुरक्षाको ग्यारेन्टी गर, हिमाली हावाले नपुग्ला भ्यान्टीलेटर बढाउ सरकार, जनता जति खाडीमा, लगायतका नारा लिएर विरोध गरेका थिए ।

गल्छीमा देखिएको प्ले-कार्ड