जनयुद्धका सहिद अर्जुन लम्सालको स्मृति दिवस मनाईयो

Avatar photo
Dhadingpost
असार १, २०७७

धादिङबेसी असार १ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धको क्रममा तात्कालिन सेनाद्वारा हत्या गरिएका सहिद अर्जुन लम्सालको स्मृति दिवस मनाईएको छ ।

नीलकण्ठ नगरपालिका मुरलिभञ्ज्याङ निवासी लम्साल मशाल, एकता केन्द्र हुँदै तात्कालिन नेकपा माओवादी संगठित भएका लम्साल पेशाले शिक्षक थिए । उनलाई माओवादी आन्दोलनको आस्था राखेकै कारण सेनाले गिरफ्तार गरेपछि ०५९ सालमा शिक्षण पेशा छाडेर जनयुद्धमा होमिएका थिए ।

जनयुद्धकै क्रममाम ०६१ असार १ गते बिहान ८ बजे अर्जुन लम्साल, निशार अधिकारी र अर्को एक महिला गरी तीन जना सिम्लेबाट ज्यामरुङ जाँदै गर्दा धादिङबाट गस्तीमा गरेको तात्कालीन शाही सेनाले गिरफ्तार गरि लम्सालको हत्या गरेको थियो ।

उनै सहिद लम्सालको स्मरण गर्दै जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङले धादिङबेसीमा सामाजिकदुरी कायम गर्दै सोमबार बिहान १७ औं स्मृति दिवस कार्यक्रमको आयोजना गरको हो ।

जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा र विनोदबाबु रिमालको संचालनमा भएको उक्त कार्यक्रममा सहिद जनयुद्धका संस्थापक नेता मोहन कार्की, सहिद परिवार, नेकपा धादिङका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहको थियो ।

x