
धादिङ जेष्ठ ३२ । विश्व रक्तदाता दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको पारिवारिक रक्तदानमा एउटै परिवारका ११ जनाले रक्तदान गरेका छन् ।
सामाजिक अभियान्ताका रुपमा चिनिने रडक्रसकर्मी नारायण कुमार श्रेष्ठले रक्तदाता दिवसको अवसारमा आफ्नो परिवारलाई केन्द्रित गरि पारिवारिक रक्तदान कार्यक्रम गरेका हुन् ।
कोभिड १९ को कारण जिल्ला अस्पतालमा रगतको कमी हुनथाले पछि नियमित रक्तदाताको रुपमा रहेको यो परिवारका ८ जना महिला र ३ जना पुरुष गरी ११ जनाले आईतबार एउटा शन्देश जानेगरि पारिवारिक रक्तदान गरेका हुन् ।
मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि हरेक वर्ष विश्वभर विश्व रक्तदाता दिवस मनाउने गरिदै आएको छ ।

