शिक्षक नेता तिलक चेपाङलाई पितृ शोक

Avatar photo
Dhadingpost
जेष्ठ ३२, २०७७

धादिङ जेष्ठ ३२ । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, धादिङका वरिस्ठ उपाध्यक्ष तथा शिक्षक वचत तथा ऋण सहकारी संस्थाका सदस्य समेत रहेका तिलकबहादुर चेपाङलाई पितृ शोक परेको छ ।

बेनीघाट रोराङ गाउँपालिका मलेखु घर भएका चेपाङका बुबा चेतबहादुर प्रजाको ७८ बर्षको उमेरमा आईतबार बिहान निधन भएको हो ।

केहि महिना देखि दम रोगका कारण बिरामी परेका प्रजाको दम रोगकै कारण मृत्यु भएको पारिवारी स्रोतले बताएको छ ।

संगठनका नेता तिलक चेपाङको बुवाको निधन दुख व्यक्त गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति धादिडका अध्यक्ष खिबहादुर धमलाले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै मित्र तिलक लगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गरेका छन् ।