
अब नेपालको नयाँ नक्सा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटियो
काठमाडौं जेष्ठ ३१ । संविधानको दोस्रो संसोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ।
संविधानको निसाना छापमा रहेको नक्सा संशोधनको पक्षमा कुल २५८ मत र विपक्षमा शून्य मत परेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन् ।
प्रस्ताव राष्ट्रियसभाबाट समेत स्वीकृत भएर राष्ट्रपतिले प्रमाणित गरी राजपत्रमा प्रकाशित भएपछि संविधान संशोधनको प्रक्रिया पूरा हुनेछ भने नेपालको नयाँ नक्साले औपचारिक रूपमा नै मान्यता समेत पाउनेछ।
सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो।

