धादिङमा प्रहरीद्वारा मास्क लगाऔं अभियान

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७७

धादिङ जेष्ठ ३० । लकडाउनमा पसल बन्द, स्थानीयहरुलाई घर भित्रै बस्न माईकिङ् गर्दै र सवारी साधन चेकिङ्मा व्यस्त देखिने प्रहरीहरु शुक्रबार धादिङबेसीमा फरक ढंगको अभियानमा देखिए ।

सरकारले लकडाउन खुकुलो बनाए सँगै, बजारहरुमा मानिसहरुको चहलपहल बढे सँगै प्रहरीहरु हरेक पसल-पसल पुगी मास्क लगाय नलाएको र सेनिटाईजर भए नभएको हेरि प्रहरीले मास्क र सेनिटाईजर लगाउँ अभियानमा संचालन सुरु गरेको छ ।

सरकारले लकडाउन खुलाएको हैन खुकुलो बनाएको हो, संक्रमितहरुको संख्या दिन प्रतिदिन बढी रहेको छ, त्यसैले सामाजिक दुरी कायम गर्न र मास्क र सुनिटाईजर हरेक पसलमा राख्नु अनुरोध गर्न प्रहरीले अभियान चलाएको प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताए ।

यो अभियान धादिङबेसीमा मात्र हैन जिल्लाभर हो, पसल खुल्ला गर्ने हो भने हरेक पसलमा मास्क र सेनिटाईजर अनिवार्य हुनैपर्छ, खरिद गर्ने वा जमघट स्थलमा सामाजिक दुरी कायम हुनैपर्छ, यसका लागि प्रहरीले माक्स लगाऔं अभियान संचालन गरेको सूचना अधिकारी खड्काले बताए ।

x