गणित शिक्षा परिषद धादिङद्वारा आयोजित देशभरका गणित शिक्षकहरुको अभिमुखिकरण सकियो

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७७

धादिङ जेष्ठ ३० । गणित शिक्षा परिषद धादिङले देशभर छरिएर रहेको गणित शिक्षकहरुका लागि अयोजना गरेको १५ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ १६ गतेबाट अनलाईन भिडियो मार्फत सुरु भएको तलिममा उत्साह जनक सहभागिताका साथ शुक्रबार सम्पन्न भएको गणित शिक्षा परिषद धादिङ सचिव उत्तम भट्टले बताए ।

धादिङका अध्यक्ष बद्री प्रसाद कोइरालाको अध्यक्षतामा संचालित उक्त अभिमुखिकरण कार्यक्रमको समापनको दिन ५०५ जना गणित शिक्षकहरु अनलार्यनमा जोडिएका थिए । समापनमा शैक्षिक सामाग्री प्रदर्शनी, सन्देश मुलक साङ्गीतिक कार्यक्रम समेत गरिएको सचिव भट्टले धादिङपोष्टलाई बताए ।

समापन कार्यक्रममा पशुराम भण्डारी, मुरारी तथा सरु गुरागाई ,प्रायोजक D.R.Simkhada उर्जाशिल सहजकर्ता Dayaman Shrestha लगायतको आतिथ्यता रहेको थियो ।