लकडाउन खुकुलो पार्ने २१ दिने सरकारको योजना , अझै नखुल्ने १४ क्षेत्र

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७७

काठमाडौं जेष्ठ २९ । सरकारले ८० दिन लामो लकडाउनपछि लकडाउन खुकुलो पार्ने २१ दिने योजना योजना ल्याएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने मोडालिटी सार्वजनिक गरेको हो ।
सरकारको मोडालिटी अन्तरगत अब सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

यस्तै विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

अझै नखुल्ने यी क्षेत्र

१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू)

२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।

३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत-जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।

८. स्पा, सैलुन र ब्युटीपार्लर

१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू

११. सपिङ मलहरू

१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू

१४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

x