
साउदी जेष्ठ २९ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ सुकभञ्ज्याङ् खोप निवासी बल बहादुर घलेको साउदीमा दुर्घटनामा परि निघन भएको छ ।
को विक्रम संवत् २७ जेठ २०७७, साल वैदेशिक रोजगारीको सिलसिलामा केहि वर्षदेखि साउदीमा कार्यरत ३५ वर्षिय घलेको मंगलबार दुर्घटनामा निधन भएको साउदी प्रहरीले पुष्टि गरेको हो ।
घलेको निधन प्रति लिः ल फङ्ग (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिले दु:ख व्यक्त गरेको छ । घले समाजले विज्ञप्ती प्रकाशित गरि दुख व्यक्त गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, यस दुःखद घडीमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दै यस दुःखद घडीमा शोक सन्तृप्त परिवार प्रति ईश्वरले धैरधारण गर्ने शक्ति प्रदान गरुन भनी मृत आत्मा प्रति हार्दिक समवेदना अर्पण गर्दछौं ।

