
युएई जेष्ठ २८ । कोरोना (कोभिड-१९) का कारण ओमानमा समस्यामा परेका नेपालीलाई आउँदो सोमबारबाट नेपाल पठाउन सुरु गरिने भएको छ ।
ओमानको मस्कट स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा आउँदो सोमबार जुन १५ तारीख सलाम एअरको विमान मार्फत पहिलो चरण अन्तर्गत नेपाल पठाउन लागिएको हो ।
स्वदेश फर्किन प्राथमिकतामा परेकाहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको कोरोना भाइरस परिक्षण गराइ नेगेटिभ रिपोर्ट प्राप्त गरेको कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान रहेको हुँदा प्राथमिकतामा परेका नेपालीहरुले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा गएर परिक्षण गराउनुपर्ने दूतावासले बताएको छ।
कोरोना भाइरस (कोभिड-१९) को पिसिआर परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त गरेकाहरुले सलाम एअरको कलसेन्टर नम्बर २४२७२२२२ मा फोन गरी ओमानी रियल १ सय १५ तिरेर टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने र स्वदेश फिर्ती सम्बन्धमा थप बुझ्न परेमा७१५९२४९० वा ७१५९२५०६ ७१५३०८४० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
दूतावासका अनुसार कोरोनाको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल गए पश्चात सिधै (होम क्वारेन्चाईन) जान पाइने ब्यवस्था गरेको समेत सबैलाई जानकारी दिएको छ।

