
धादिङ जेष्ठ २७ । गजुरी बजार देखि घाटबेसी सम्मको सडक क्षेत्रमा विगत डेढ बर्ष देखि देखिँदै आएकी सुस्तमनस्थितिकी एक सडक महिलालाई कोरोना संक्रमणको पुष्टि भए सँगै उक्त स्थिानलाई निशेधाज्ञा (शील) गरीएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितीको बैठकले पुर्वमा राधाकृष्ण मन्दिर, पश्चिममा धारापानी जाने बाटो, उत्तरमा त्रिशुली नदि र दक्षिणमा पृथ्वी राजमार्गको १०० मिटर भित्रको चार किल्ला क्षेत्रमा सँक्रमित व्यक्ति सँग सम्पर्कमा रहेकाहरुको पिसिआर रिर्पोट नआउन्जेल शील गरिएको हो ।
सडकमा डुलि हिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर महिला सुरक्षा गृह र मानव सेवा आश्रममा पठाउन खोज्दा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गर्दा ति महिलालाई कोरोना भाईरस संक्रमण भएको पाईएको थियो ।

